९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहामा २३ प्रतिशत विद्युत् चुहावट घट्यो

अ+ अ-

लहान । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि सिरहामा २३ प्रतिशत चुहावटमा कमी आएको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाले अभियान सञ्चालन गरेपछि चुहावटमा कमी आएको हो । विसं २०७४ असोजसम्म करीब ४९ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा २०७५ कात्तिकसम्ममा करीब २३ प्रतिशत विद्युत् चुहावट घटेको विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले जानकारी दिए । विसं २०७५ साउनदेखि कात्तिकसम्ममा विद्युत्को महसुल नबुझाउने १७३ ग्राहकको विद्युत् लाइन काटिएको दुबेले बताए ।

विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दा समेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालिएको छ । विद्युत् लाइन काटिएका १७३ ग्राहकमध्ये १४६ ग्राहकबाट रु ३० लाख ६८ हजार बक्यौता रकम असुल गरिएको छ ।

केन्द्रले साउनदेखि कात्तिकसम्म हुकिङ गरी विद्युत् चुहावट गर्ने १५४ जनालाई पक्राउ गरी कारवाही गरेको छ । कारवाही गरिएकाबाट रु २६ लाख ८६ हजार राजश्व सङ्कलन भएको छ । सो क्रममा ७१ थान पानी तान्ने मोटर, चार थान टिभी, दुई थान फ्रिज र नौ थान एलसीडिसमेत बरामद गरिएको यादवले बताए ।रासस

प्रतिक्रिया दिनुहोस