१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेडपाण्डाको छाला ओसारपसारमा संलग्न व्यक्ति जेल चलान

अ+ अ-

काठमाडौं । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला ओसारपसार र बिक्री वितरणमा सङ्लग्न एक व्यक्ति आज जेल चलान भएका छन् । अदालतले दोषी ठहर गरी फरार हुँदै आएका नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–६ का सन्तोषकुमार तामाङलाई आज केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला ओसार–पसार तथा बिक्री वितरण मुद्दामा काठमाडौँ जिल्ला अदालतको २०७४ फागुन ३ गतेको फैसलाले पाँच वर्ष कैद हुने ठहर गरेको थियो ।

फरार हुँदै आएका तामाङलाई ब्यूरोको विशेष टोलीले बुधबार नुवाकोटबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो ।

अदालतको आदेशले उनलाई आजै कारागार चलान गरिएको ब्यूरोका प्रवक्ता उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । प्रहरीले विसं २०७४ भदौ १९ गते काठमाडौँ तारकेश्वर नगरपालिका–१० मनमैंजुबाट उनले चलाएको बा ३४ प ६६८१ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा रेडपाण्डाको छाला बरामद गरेको थियो ।  अदालतबाट माग भएको धरौटीबापत जेथा जमानी राखी तारेखमा छाडिएका उनी अदालतको फैसलापछि फरार हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस