२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जग्गा प्रकरण : बीस जनाविरुद्ध सार्वजनिक मुद्दा

अ+ अ-

कञ्चनपुर । महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रूपमा कब्जा गरी संरचना निर्माण गर्ने २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक मुद्दा दायर गरेको छ ।

प्रहरीले कञ्चनपुर खोकाछाप्रा समितिका अध्यक्ष देवलसिंह विष्टलगायत २० जनाविरुद्ध सार्वजनिक मुद्दा दायर गरेको हो । प्रदेश सांसद, नेपाली काङ्ग्रेस, नेकपा र तीनका विद्यार्थी सङ्गठनले नगर विकास समितिको जमीनमा अवैध रूपमा निर्माण भइरहेका संरचना भत्काउन र निर्माणमा रोक लगाउनुपर्ने माग अघि सारेर गत साता जिल्ला प्रशासन कार्यालय र नगरपालिकालाई ज्ञापनपत्र बुझाएपछि प्रहरीले सार्वजनिक मुद्दा दायर गरी दोषीलाई पक्राउ गर्न थालेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले सरकारी जमीन हडपेको आरोपमा आदेशानुसार पक्राउ गरी मुद्दा चलाएको बताए । उनका अनुसार पक्राउ पर्नेमा ललित जोशी, पदमराज जोशी, मेघराज जोशी, धुव्रराज भट्ट, यज्ञराज ओझा, कमलापति भट्ट, मीना जोशी, रामनाथ योगी, हर्कबहादुर खडायतलगायत रहेका छन् ।

खोकाछाप्राका पदाधिकारीले जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेर एक महीनाभित्र बनेका संरचना हटाएर लैजाने आदेश दिने त्यसका विपरीत रातिका बेला आएर घर तोड्ने र पक्राउ गर्ने कार्य गरिएको खोकाछाप्रा समितिका खेमराज ओझाले बताए ।

पत्रकारमाथि ज्यादती

नगर विकास समिति जमीन प्रकरणको समाचार सङ्कलन गर्न गएका पत्रकार पदम बोहरामाथि प्रहरीले फोटो किन खिचेको भन्दै कुटपिट गरेको छ ।

नेपाल टेलिभिजनमा कार्यरत पत्रकार पदम बोहरामाथि कुटपिटका साथै क्यामरा तोडफोड गरेको छ । समाचार सङ्कलन गर्न गएका बेला प्रहरीले गालीगलौज गर्दै वडा प्रहरी कार्यालयमा थुनेको पत्रकार बोहराले बताए ।

“म पत्रकार हुँ सर, रिपोर्टिङमा आएको हुँ भन्दाभन्दै गाली गर्दै क्यामरा तोडिदिए”, उनले भने, “शौचालयमा राखियो ।” वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य थापाले मदिरा सेवन गरेर प्रहरीसँग विवाद गरेकाले पक्राउ गरेको बताए । उनको मेडिकलसमेत गरेको प्रहरीले जनाएको छ ।

शनिबार नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले पत्रकार हुँ भनी परिचयपत्र देखाउँदादेखाउँदै कुटपिट गर्ने प्रहरी कदम निरङ्कुशताको पराकाष्ठा भएको बताएका छन् । अवस्थीकै प्रयासमा बोहरालाई थुनामुक्त गरिएको छ । रासस