२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिग बास क्रिकेट : आज सन्दीपको चौथो खेल

अ+ अ-

काठमाडौं । अष्ट्रेलियामा जारी बिग बास क्रिकेटमा नेपाली युवा बलर सन्दीप लामिछाने सहभागी मेलवर्न स्टार्स क्लबले आज मेलवर्न रेनगार्डससँग प्रतिस्पर्धा गर्दैछ । मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले यसअघिका तीनै खेलमा विकेट लिँदै जारी लिगको सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा आफूलाई दर्ता गराइसकेका छन् ।

लगातार ३ खेलमा सहभागिता जनाएका सन्दीपले अहिलेसम्म सात विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका हुन् । सन्दीपले उत्कृष्ट प्रदर्शन गरे पनि मेलवर्न स्टार्सले तीनमध्ये एउटा खेल मात्रै जितेको छ ।

मेलवर्न स्टार्स आजको खेलमा विजयी भए उत्कृष्ट चारमा पुग्ने सम्भावना बलियो बन्ने छ । मेलवर्न स्टार्स दुई अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । यसअघि सन्दीले सिड्नी सिक्सविरुद्ध दुई विकेट, सिड्नी थण्डरविरुद्ध दुई तथा होबार्ट हुरिकेन विरुद्ध तीन विकेट लिइएका थिए ।

यसैबीच शैक्षिक परामर्श तथा आप्रवासनसम्बन्धी संस्था एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको आयोजनामा अष्ट्रेलियामा भइरहेको क्रिकेट मेलामा सहभागी भएका नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई आजको खेल हेर्न सन्दीपले निम्तो दिएका छन् ।

कप्तान खड्कासहित दीपेन्द्रसिंह ऐरी, यू–१९ राष्ट्रिय क्रिकेट टिमका पूर्वसदस्य सुवास प्रधान, यशवन्त सुवेदी र सुनाम गौतम पनि सन्दीपको खेल हेर्न जाने कप्तान खड्काले ट्वीरटमार्फत जानकारी दिएका छन् ।