२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साठी वर्षमा खुल्यो बाटोको ‘ट्रयाक’

अ+ अ-

कावासोती । नवलपरासीको अरुणखोला, दमार हुँदै पूर्वी पाल्पाको मित्याल जोड्ने ‘ढाँड’को सडकको ‘ट्रयाक’ ६० वर्षमा खुलेको छ ।

विसं २०१५ सालबाट गाउँगाउँमा चन्दा सङ्कलन गरी गोरेटो निर्माण गरिएको यो सडकमा ६० वर्षपछि खुलेको ट्रयाकबाट नवलपरासीको अरुणखोलाबाट, दमार, हुँदै बस मित्याल पुगेपछि यस क्षेत्रका स्थानीयवासी खुसी भएका छन् ।

‘‘पहिला यहाँका उत्पादन बजारसम्म पुर्‍याउन, बजारबाट खाद्यान्न ल्याउन मात्र होइन, बिरामी हुँदा डोकोमा बोकेर उपचारका लागि लानु पथ्र्यो’’ मध्यविन्दु–११, का तिलबहादुर झेडीले भने, “अब धेरै राहत हुने भयो ।”

नवलपरासीको अरुणखोलादेखि मित्यालसम्मको करीब २५ किलोमिटर सडकको ट्रयाक खुलेसँगै यसले नवलपुरका द्वारद, दमार, बतासे, राइकोट, जलुके त्यस्तै पूर्वी पाल्पाको मित्याल, खादर, दुनडाँडालगायतका बासिन्दालाई सहजता हुने भएको छ ।

स्याङ्जा जिल्लाको क्योंरे भन्ज्याङदेखि तनहुँको बैडी, डुम्रीबेंसी, गजरकोट हुँदै पाल्पाको हुँगी, अर्सेदीदेखि पूर्वी पाल्पा र नवलपुरको अरुणखोलादेखि उत्तर क्षेत्रका बासिन्दाको मधेस पहाड गर्ने मार्गको रुपमा यो सडक रहेको थियो ।

अरुणखोलाको ढाँडको बाटो हुँदै नवलपुर, चितवन र त्रिवेणीसम्म पुगी चितवनतर्फको धान, मकै, सुर्ती, तोरी पहाडतर्फ लाने र पहाडतर्फको सुठो, अदुवा, कुचो आदि कृषि उपज नवलपुरको भारतीय सीमा त्रिवेणीबाट बिक्री वितरण गर्ने गरिन्थ्यो ।

विसं २०१५ मा सामान्य गोरेटोको रुपमा निर्माण गरिएकामा विसं २०३२ मा हुप्सेकोट, राकाचुली, अर्चले, गल्धा, सहलकोट झिरबास, मित्याल क्षेत्रका ११ हजार जनताले लगातार १० दिनसम्म श्रमदान गरी यस सडकलाई फराकिलो बनाउने काम गरिएको ईश्वरीप्रसाद शर्मा पाण्डेको ‘बाटो खनौँ अभियान २०३२’ भन्ने पुस्तिकामा समेत उल्लेख गरिएको छ ।

पटकपटकको प्रयास भएपनि नवलपरासीको मध्यविन्दु नगरपालिका–१४ मा पर्ने ढाँड क्षेत्रमा ठूलो चट्टानी पहाड परेकाले यसलाई खोल्न सकिएको थिएन । करीब तीन किलोमिटरको यस क्षेत्रमध्ये पनि ४०० मिटरको सडक निर्माण अति जटिल रहेकामा पछिल्लोपटक नवलपुर क्षेत्रमा सांसद विकास कोष, मध्यविन्दु नगरपालिका र अन्य समाजसेवीको सहयोगमा ट्रयाक खोलिएको हो । पाल्पातर्फ समेत सांसद विकास कोष, निस्दी गाउँपालिकालगायतको बजेटबाट ट्रयाक निर्माण गरिएपछि अरुणखोला–दमार–मित्याल सडक सञ्जालले जोडिएको हो ।

समाजसेवी लक्ष्मीप्रसाद ज्ञवालीले व्यक्तिगत रुपमा यही सडकमा ट्रयाक खोल्नका लागि रु एक करोड २६ खर्चिएका छन् । ‘‘हाम्रा अग्रजले डोकोमा नुन, चामल बोकेर हिड्ने बाटोमा मोटर ल्याउन सके कस्तो होला, यहाँका बासिन्दालाई कति सजिलो होला भन्ने लागेर सात वर्षअघि केही रकम खर्च गरेँ समाजसेवी ज्ञवालीले भने, “आज गाडी चल्दा धेरै खुसी लागेको छ ।”

शनिबार प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नवलपुरको दमारमा यो मार्गको शुरुआत गर्दै पाल्पाको मित्याल पुगेका थिए । यस खण्डमा आवश्यक पर्ने नवलपुरतर्फका दुई स्थानमा पुल निर्माणको कार्य भइरहेको छ । यसै खण्डमा पर्ने गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशलाई जोड्ने जलुकेमा पुल निर्माणको कार्य भने हुन सकेको छैन ।

मुख्यमन्त्री पोखरेलले यस स्थानमा पुल निर्माणका लागि केन्द्रसँग आग्रह गर्ने र केन्द्रले निर्माण नगरे प्रदेशले जिम्मा लिने बताए । ‘‘यो दुई प्रदेशको साझा फुल हो तर केन्द्रले बजेट नदिए प्रदेश ५ ले यो पुल निर्माण गर्छ’’ मुख्यमन्त्री पोखरेलले भने, “पूर्वी पाल्पाका र नवलपुरका जनताका लागि प्रदेश पाँचको उपहार भयो ।”

मुख्यमन्त्री पोखरेलले अरुणखोला–मित्याल सडकखण्डको उद्घाटन गर्दै यस क्षेत्र जनताको सपनालाई विपनामा बदल्ने दिनको शुरुआत भएको बताए । प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले चाँडै यस मार्गमा रहेका मोड सुधार गर्ने गरी बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

यस सडकमा ट्रयाक खुलेसँगै नवलपुरको मध्यविन्दुका पहाडी क्षेत्र र पूर्वी पाल्पामा उत्पादन भएका कृषि उपज सहज रुपमा बजार पाउने नवलपुरका प्रतिनिधिसभा सदस्य तिलक महतले बताए । रासस