२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार कार्यालयमा कर्मचारी बस्दैनन्, सर्वसाधारणबाटै काम हुन्छ

अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभइ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो ।

वर्षौदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हुँदै आएको पाइएको छ । तोकिएका कर्मचारी छोटी भन्सार कार्यालयमा नियमित रुपमा नजाने हुँदा भन्सार कार्यालयमा खटिएकाबाहेक कार्यालय वरिपरि घर भएका सर्वसाधारणले भन्सार कार्यालयको दैनिक काम काज गर्दै आएको पाइन्छ ।

यसैअन्तर्गत पश्चिम नवलपरासीको गुठीप्रसौनी छोटी भन्सार कार्यालयको दैनिक कामसमेत एक जना सर्वसाधारण व्यक्तिले नै गर्दै आएका छन् । यो छोटी भन्सार कार्यालयमा वर्षौदखि स्थानीयवासी मन्सुर अलीले छोटी भन्सार कार्यालयमा सेवाग्राहीलाई दिइने सबै सेवा प्रवाह गर्दैै आएका छन् । छोटी भन्सार कार्यालयको माथिल्लो निकाय मानिने पश्चिम नवलपरासीको महेशपुर मूल भन्सार कार्यालयले उपलब्ध गराएको कागजातका आधारमा सेवा प्रवाह गर्दै आएको अलीले जानकारी दिए ।

आफूले वर्षौंदेखि यस कार्यालयको काममा सहयोग गर्दै आएको बताउँदै यस कार्यालयमा खटिएका कर्मचारी नियमितरुपमा कार्यालयमा नआउने भएकाले कार्यालयको सबै काम गर्दै आएको उनको भनाइ छ ।

नवलपरासीमा गुठीप्रसौनीसहित विष्णुपुरा, भुजहवा र त्रिवेणी गरी चार वटा छोटी भन्सार कार्यालय रहेका छन् । सबै छोटी भन्सार कार्यालयले भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनका लागि अस्थायी अनुमति दिने काम गर्दछन् ।

गुठीप्रसौनी मात्र होइन त्रिवेणी र भुजहवा छोटी भन्सार कार्यालयको समस्या पनि उस्तै रहेको र ती छोटी भन्सार कार्यालयमा समेत भन्सारका कर्मचारी नभई अन्य बाह्य सर्वसाधारणले दैनिक काम काज गर्दै आएको अवस्था रहेको महेशपुर मूल भन्सार कार्यालयले जनाएको छ ।

विशेष गरी गण्डकी प्रदेशअन्तर्गत पर्ने पूर्वी नवपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयमा समेत नियमित रुपमा खटिएका कर्मचारी नबस्ने गरेको स्थानीयको भनाइ छ । महेशपुर मूल भन्सार कार्यालयबाट सबै छोटी भन्सार कार्यालयमा चक्रीय प्रणालीमा कर्मचारी खटाइने भए पनि छोटी भन्सार कार्यालयमा नियमितरुपमा कर्मचारी जाने गरेका छैनन् ।

कर्मचारी अभावमा गुठीप्रसौनी, त्रिवेणी र भुजहवा छोटी भन्सार कार्यालयमा अन्य बाह्य सर्वसाधारण व्यक्तिले सेवा प्रवाह गर्दै आएको कार्यालय प्रमुख हेमचन्द्र शर्माले स्वीकार गरे ।

आगामी दिनमा नियमित रुपमा सबै छोटी भन्सार कार्यालयमा कर्मचारीको उचित व्यवस्थापन गरिने योजना रहेको कार्यालय प्रमुख शर्माको भनाइ छ ।

नेपाल–भारत सीमा क्षेत्रमा देखिने विभिन्न आपराधिक क्रियाकलापमा सवारी साधनको आवागनसमेत मुख्य विषय बन्न सक्छ तसर्थ यस्तो संवेदनशील कामप्रति सरोकारवाला निकायको ध्यान पुग्न जरुरी देखिन्छ । केही महीना अघि मात्र स्तरोन्नति भएको महेशपुर मूल भन्सार कार्यालयमा समेत दरबन्दीअनुसार कर्मचारी नहुँदा छोटी भन्सार कार्यालयमा समेत नियमित रुपमा कर्मचारी पठाउन नसकिएको महेशपुर मूल भन्सारले जनाएको छ । रासस