राँझा । प्रदेश नं ५ का सांसद मोहम्मद याकुव अन्सारी नेपाल जडीबुटी व्यवसायी सङ्घको अध्यक्षमा निर्वाचित भएका छन् ।
अन्सारीले प्रतिष्पर्धी शकीलअहमद जसगढलाई पराजित गर्दै तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । आइतबार मतदानपछि सम्पन्न भएको मतगणनाअनुसार अन्सारीले ९८ मत ल्याए भने प्रतिष्पर्धी जसगढका पक्षमा ६१ मत परेको थियो ।
सङ्घको उपाध्यक्षमा युनुुस हल्वाई ८५ मतका साथ विजयी भएका छन् । उनका प्रतिष्पर्धी मानबहादुर ओलीले ७३ मत प्राप्त गरेका थिए ।
सङ्घको महासचिवमा मोहम्मद रहीस हलवाई, कोषाध्यक्षमा मोहम्मद असलम हलवाई र सदस्यमा मोहम्मद सदाव हल्वाई, हफिजुर रहमान अन्सारी, सन्तोषकुमार बर्मा, अख्तर अलि हल्वाई, मोहम्मद इद्रिस हल्वाई, मोहम्मद समिम हल्वाई र मोहम्मद आजम हल्वाई सर्वसहमत रुपमा निर्वाचित भएका छन् । रासस







