२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिकाको अनुदानमा नून

अ+ अ-

बाजुरा । जिल्लाको गौमूल गाउँपालिकामा अनुदानको अस्थायी नून डिपो सञ्चालनमा आएको छ ।

‘नून लिन एक दिनको पैदल हिँडेर सदरमुकाम मार्तडी जानुपथ्र्यो, रु १ सयको नूनका लागि रु २ हजार बढी खर्च गर्नुपर्ने बाध्यता थियो, अब सजिलो भएको छ’, गौमूल–३ गर्जेकी बिसु बोहराले बताए। सोही वडाकी पुनी धामीले भने,’साच्चै सिंहदरबारको अधिकार केही भए पनि गाउँमा आएको आभास भएको छ ।’

जनतालाई केही सजिलोको लागि नून डिपोसँग समन्वय गरी गाउँपालिकामै डिपो सञ्चालन गरी वितरण गर्ने गरेको गौमूल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए । अध्यक्ष रोकायाले भने, ‘हामीले नून डिपो त सञ्चालनमा ल्यायौँ, अब नेपाल खाद्य संस्थानको डिपो सञ्चालन गर्न पनि पहल भइरहेको छ ।’ गौमूल अस्थायी नून डिपोबाट वार्षिक दुई सय क्वीन्टल नून बिक्री गर्ने गरेको नून डिपो बाजुराका प्रमुख नरबहादुर भाटले जानकारी दिए ।

प्रत्येक अस्थायी नून डिपोबाट एक हप्तासम्म मात्र नून बिक्री वितरण गर्ने गरेको प्रमुख भाटले बताए । हालसम्म गौमूल गाउँपालिकामा १ हजार बढीलाई नून बिक्री वितरण भैसकेको छ । गाउँमै नून बिक्री वितरण भएपछि नून लिनेको घुइँचो लाग्ने गरेको छ ।

जनतालाई सहज सेवाका लागि गौमूल गाउँपालिकालगायत खप्तड छेडेदह गाउँपालिका र हिमाली गाउँपालिकाको धुलाचौरको जुण्डीमा पनि अस्थायी नून डिपोबाट भानु आयोडिन नून बिक्री वितरण गर्ने गरिएको बाजुरा डिपो प्रमुख भाटले बताए । हाल बाजुराका सबै अस्थायी डिपो केन्द्रबाट भानु आयोडिन नून नौ रुपैयाँमा बिक्री भइरहेको छ ।