२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा शिशु स्याहार केन्द्र स्थापना

अ+ अ-

डोटी । यहाँको केआइसिंह गाउँपालिका–७ स्थित भूमिराजमाडौँको सलेनामा शिशु स्याहार केन्द्र स्थापना गरिएको छ ।

ग्रामीण महिलाको कार्यबोझमा कमी ल्याउने उद्देश्यका साथ शिशु स्याहार केन्द्रको स्थापना गरिएको हो ।

उक्त शिशु स्याहार केन्द्र एक्सन एड नेपालको सहयोगमा सम विकास केन्द्र (इडिसी) नेपाल, डोटीद्वारा सञ्चालित ‘द महिला नेटवर्क परियोजना’ र केआइसिंह गाउँपालिका–७ नंं वडा कार्यालयको संयुक्त लगानीमा निर्माण गरिएको समविकास केन्द्र (इडिसी) नेपाल डोटीले जनाएको छ ।

केआइसिंह गाउँपालिका वडा नंं ७ मा रहेको लाटाकलारै आधारभूत विद्यालयसँगै रहेको जमीनमा समविकास केन्द्र डोटीको रु छ लाख ३८ हजार र उक्त वडाको रु २ लाख गरी जम्मा आठ लाख ३८ हजारको लगानीमा केन्द्रको २ कोठे भवन निर्माण गरी कक्षा सञ्चालन भइसकेको ७ नंं वडाका अध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिए ।

३ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकाको स्याहार तथा उनीहरुको सिकाइ ज्ञान अभिवृद्धि गर्न र ती बालबालिकाका आमाको कार्यबोझमा कमी ल्याई उनीहरुलाई उत्पादनमूलक कार्यमा संलग्न गराउन शिशु स्याहार केन्द्र स्थापना गरिएको सम विकास केन्द्र डोटीका कार्यक्रम प्रबन्धक महेश टेलरले बताए ।

उक्त केन्द्रमा हाल ३० जना बालबालिका भर्ना भई कक्षा सञ्चालन भइसकेको लाटाकलारै आधारभूत विद्यालयका प्रधानाध्यापक गगन बलायरले बताए ।