२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जा क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारी आवश्यक : उपराष्ट्रपति पुन

अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिको आधारका रुपमा रहेको नेपालको ऊर्जा क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रको संयुक्त साझेदारी जरुरी रहेको आवश्यकता औँल्याएका छन् । आजदेखि यहाँ शुरु भएको दोस्रो हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै उनले नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि लगानीको त्यत्ति धेरै समस्या नभए पनि नीतिगतरुपमा केही सुधार तथा समयानुकूल बनाउनुपर्नेमा जोड दिए ।

विगतमा अत्यास लाग्दो विद्युत्भार कटौतीको युग अन्त्य भएर नेपाल नयाँ उज्यालो युगमा प्रवेश गरेको भन्दै उनले ठूलोमात्रामा रहेको व्यापार घाटा अन्त्य गर्न पनि ऊर्जाको क्षेत्रमा केही न केही नयाँ गर्नैपर्ने अवस्था आइपुगिएको स्पष्ट पारे ।

उनले भने, ‘उज्यालो नेपालको प्रक्रिया अगाडि बढेको भए पनि वर्षेनी भारतबाट विद्युत् आयातको मात्रा बढ्दा त्यसले व्यापार घाटा बढाउँदै गएको छ । त्यसलाई नियन्त्रण गर्न पनि ऊर्जा क्षेत्रमा लगानी बढाउनु जरुरी छ । पेट्रोलियम पदार्थको आयात कम गर्ने उपाय पनि जलविद्युत् क्षेत्रको विकास नै हो । त्यसतर्फ लाग्नैपर्छ ।’

ऊर्जा क्षेत्रको विकास र विस्तारबाट मात्रै औद्योगिकीकरण सम्भव भएको भन्दै उनले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको विस्थापन गर्न पनि विद्युत् नै उपयुक्त साधन भएको बताए ।

उनले अब हरेक घरमा विद्युतीय उपकरणबाट खाना पकाउने प्रणाली जडानमा जोड दिनुपर्ने र विद्युतीय सवारी साधनको प्रवर्द्भनमा लाग्नुपर्ने र सरकारले आफ्ना नीति तथा कार्यक्रम पनि त्यसतर्फ केन्द्रित गर्नुपर्ने सुझाव दिए ।

उनले विकास निर्माणको काममा बढीभन्दा बढी प्रविधिको प्रयोग गर्नुपर्ने र सहजरुपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै भने, ‘सहजै काम हुने र काम गर्ने वातावरण बनाउनु जरुरी छ । क्रमशः त्यस दिशामा सरकार र निजी क्षेत्र पनि केन्द्रित भइरहेको छ । थप बढावा दिनु जरुरी रहेको छ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै देशको ऊर्जा क्षेत्रमा ठूलो समृद्धि आउने बताए । उनले निजी क्षेत्रमैत्री नियम तथा कानूनको व्यवस्था गर्न र त्यसको व्यावहारिक कार्यान्वयन गर्न आग्रह गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता भित्र्याउनका लागि पनि स्पष्ट कानूनी आधार र लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै उपराष्ट्रपति पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरे ।

एक्स्पोमा ८५ भन्दाबढी प्रदर्शकले १०० भन्दा बढी कक्ष बुकिङ गरेका छन् । जलविद्युत् क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको यो एक्स्पोमा एक लाख बढी अवलोकनकर्ताको सहभागिता रहने अनुमान गरिएको छ ।

चीन, भारत, अष्ट्रिया, दक्षिण कोरिया, स्वीडेन, जर्मनी, बुल्गेरिया, बङ्गलादेश तथा बेलायतलगायत मुलुकका जलविद्युत् क्षेत्रसँग सम्बन्धित कम्पनी एक्स्पोमा सहभागी भएका छन् । यस्तै जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीको सहभागिता छ ।

आधुनिक सौर्य प्रणाली, विद्युतीय सवारीसाधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, आकर्षणका रुपमा रहेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ९इपान०का अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिए ।