२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानीजन्य पदार्थ उत्खनन्मा कडाइ

अ+ अ-

धादिङ । जिल्लामा खानीजन्य र नदीजन्य पदार्थको अनियमित उत्खनन् र निकासीमा कडाइ गरिएको छ ।

अनियन्त्रित रुपमा सञ्चालित बालुवा, ढुङ्गा र गिट्टी खानीका कारण वातावरणमा प्रतिकूल प्रभाव परिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला अनुगमन समितिले विशेष कार्यदल बनाएर कडाइ शुरु गरेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए ।त्यस्ता खानी बन्द गराइएपनि अझै पनि केही खानी सञ्चालनमा रहेको सूचना आएकाले निगरानी गरी कारवाही शुरु गरेको हो ।

सबै स्थानीय तहले ढुङ्गा, गिट्टी र बालुवालगायत प्रकृतिक स्रोतबाट कर असुल्न ठेक्का लगाइसकेकाले पूर्ण रोक लगाउन समस्या भएको उनले बताए ।  जिल्ला प्रशासन कार्यालयले अवैध रुपमा खानी नचलाउन सूचना जारी गर्दै त्यस्तो गरेको भटिएमा खानीका सबै सरसामान नियन्त्रणमा लिने र सञ्चालकलाई कानूनी कारवाही गर्ने जनाएको छ ।

जिल्लामा अहिले सरकारले मुआब्जा वितरण गरिसकेको बूढीगण्डकी जलविद्युत् आयोजनाको जमीनमा यस्ता गतिविधि बढ्दो रुपमा देखिएको छ । त्रिशूली नदी क्षेत्रमा समेत अवैध रुपमा बालुवा प्रशोधन र आसपासको क्षेत्रमा वातावरणीय परीक्षणविना खानी उत्खनन् भइरहको छ ।