२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपाङ्गता भएकालाई रेडक्रसको सहयोग

अ+ अ-

दमौली । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँले अपाङ्गता भएका व्यक्तिहरुलाई रु आठ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि सहयोग पुर्‍याउन रेडक्रस सोसाइटीले व्यास नगरपालिका–८ रिस्ती र भानु नगरपालिका–१३ सम्जुरका अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

रिस्तीका ३७ र सम्जुरका ४३ लाई जनही रु १०/१० हजारको दरले कूल रु आठ लाख सहयोग प्रदान गरिएको रेडक्रस सोसाइटी जिल्ला सभापति कृष्णहरि वाग्लेले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा सञ्चालित ‘नेपालमा भूकम्प प्रभावित समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको लागि सशक्तिकरण र समावेशीकरण कार्यक्रम’अन्तर्गत उनीहरुको जीविकोपार्जनका लागि सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग प्रदान गरिएको वाग्लेले बताए ।

रेडक्रस सोसाइटीले जिल्लाको व्यास नगरपालिकाको रिस्ती, भानु नगरपालिकाको सतिस्वाँरा, रिसिङ गाउँपालिकाको कोटदरबार र रानीपोखरीमा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग प्रदान गरिने बताएको छ ।