२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुराको ६९ वडामा छाउगोठको तथ्याङ्क सङ्कलन गरिँदै

अ+ अ-

बाजुरा बडीमालिका । जिल्लाका नौवटै स्थानीय तहमा रहेका ६९ वडामा छाउ गोठको तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ । सामाजिक कुरीति र कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथालाई अन्त्य गर्नका लागि प्रहरीले तथ्याङ्क सङ्कलन कार्यलाई तीव्रता दिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् ।

अघिल्लो साता बूढीनन्दा नगरपालिका–९ अगाउँपानीमा छाउगोठमा आमासहित दुई छोराको मृत्यु भएपछि प्रहरीले स्थानीय तहको सहकार्यमा गोठको तथ्याङ्क सङ्कलन गर्न थालेको प्रनाउ भाटले बताए । जिल्ला प्रहरी कार्यालय बाजुरा, टाँटे प्रहरीचौकी, इलाका प्रहरी कार्यालय कोल्टी र पिलुचौर प्रहरीचौकी कुन्नाले एकैसाथ छाउगोठको तथ्याङ्क सङ्कलन कार्यलाई तीव्रता दिएको प्रहरी प्रमुख भाटको भनाइ छ

प्रहरीले भदौ १ मा आएको कानूनको विषयलाई मध्यनजर गर्दै गाउँगाउँमा सचेतनाका कार्यक्रम गर्दै आएको प्रहरी प्रमुख भाटले बताए । जिल्लाको सबैभन्दा बढी त्रिवेणी नगरपालिका–६ पन्धारामा सबैभन्दा बढी गोठ भेटिएको हो ।

जिल्लामा छाउपडी कुप्रथाले जरो गाड्दै गएको छ । छाउ भएको बेला घरभन्दा टाढा राख्ने, दूध दही र गाईगोरुलाई समेत छुन नपाउने प्रथा कायमै रहेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय बाजुराले पनि आजै नौवटै स्थानीय तहका प्रमुखलाई पनि छाउपढी गोठ हटाउन जिल्लामा निर्वाचित जनप्रतिनिधि र प्रहरीसँग समन्वय गरी छाउगोठ भत्काउन पत्र पठाएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।

उकहाँले बाजुरा जस्तो विकट क्षेत्रमा छाउपडी कुप्रथाका कारण विभिन्न घटना हुन थालेकाले सचेत नागरिक भएर छाउ भएका महिलालाई घरभित्रै बस्ने वातावरण र छाउगोठ भत्काउन स्थानीय तहलाई समन्वय गर्न पत्र पठाएको प्रमुख जिल्ला अधिकारी बरालको भनाइ रहेको छ ।