२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङमा बढ्दो सवारी दुर्घटना

अ+ अ-

दाङ । गत पुस ६ गते तुलसीपुर उपमहानगरपालिकाको–३ राम्रीमा भएको बस दुर्घटनामा परी कलिला विद्यार्थी, शिक्षक, चालक गरी २३ जनाको मृत्यु भयो ।

त्यसैगरी गत मङ्सिर २८ गते दुलही लिएर जाँदै गरेको बिहेको गाडी लमही नगरपालिकाको रिहार नजिकै दुर्घटनामा परी दुलाहाका बुबा आमासहित ६ जनाको ज्यान गयो ।

यी दुवै दुर्घटनाले दाङवासीसहित सबैलाई निकै स्तब्ध बनायो । त्यस्तै मृतकका आफन्त तथा घरपरिवारलाई झन जीवनभरि नै भुल्नै नसक्ने गरी पीडा दियो । ती दुवै घटनाको थप अनुसन्धान जारी छ ।

तर प्रारम्भिक अनुसन्धानले दुवै घटनामा चालकको कमजोरी रहेको दाङ ट्राफिक प्रहरीले जनाएको छ । त्यसैले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अहिले यहाँका प्रहरी, प्रशासन, सरकारी निकाय, व्यवसायी, नागरिक समाज, दलका प्रतिनिधि तथा पत्रकारसमेत जिल्लामा बढ्दो सडक दुर्घटनालाई न्यूनीकरणका लागि विभिन्न अभियानमा जुट्न थालेका छन् । अभियानमा सहभागी सबैले बढ्दो सवारी दुर्घटनाप्रति चिन्ता र चासो व्यक्त गरेका छन् ।

उनीहरुले चालकलाई लक्षित गरी बाटोमा नै सवारी साधनबाट ओरालेर स्वास्थ्य परीक्षण गराएका छन् । त्यस्तै सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम पनि गर्दैआएका छन् । तर जिल्लामा दिनहुँ जसो सवारी दुर्घटना भइरहेका छन् ।

हिजो शनिबार तुलसीपुरबाट गोल्टाकुरीतर्फ जाँदै गरेको यात्रुवाहक बस तुलसीपुर उपमहानगरपालिका–१२ को हरीपौरीमा दुर्घटना हुँदा २५ जना घाइते भए । घाइतेमध्ये ७ जनालाई थप उपचारको लागि कोहलपुर लगिएको छ भने घाइने अन्य राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारपछि घर फर्केका छन् । त्यसैगरी शनिबार नै जिल्लाका अन्य दुई स्थानमा पनि मोटरसाइकल दुर्घटना भएका छन् । सो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दाङमा चालू आर्थिक वर्षको हालसम्म अर्थात माघ ५ गते सम्ममा १३४ वटा सवारी दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदन कुँवरले ती दुर्घटनामा परी ११० जना गम्भीर घाइते भएको जानकारी दिए ।सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल ६९, बस १८, ट्र्याक्टर १५, जीप तथा कार १४ रहेका छन् ।

त्यस्तै टेम्पो सात, ट्रक छ र टिपर दुई रहेका छन् । गत वर्ष सो अवधिमा ९५ वटा सवारी दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको थियो । ट्राफिक प्रहरीले चालु आवको हालसम्मको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १६ हजार ७८१ जना चालकलाई कारवाही गरेको छ ।

यस अवधिमा मोटरसाइकलका ६५५५, बसका २००६, जीपकार २०५२, ट्याक्टर १९९४, टेम्पो ६८१, ट्रक तथा ट्रिपर ३४९३ का सवारी चाचलकालाई कारवाही गरिएको थियो । कारवाहीस्वरूप रु। एक करोड दुई लाख ३३ हजार राजश्व सङ्कलन गरिएको टाफिक प्रहरी निरीक्षक कुँवरले जानकारी दिए ।