२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस लिएको अभियोगमा जिल्ला मालपोत कार्यालय ललितपुरका नायब सुब्बासहित एक पक्राउ

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय ललितपुरका नायब सुब्बासहित अर्का एक सहयोगीलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

आयोगका अनुसार एक सेवाग्राहीको जग्गा हाल साविक गर्ने प्रयोजनका लागि नायब सुब्बा कुमारबहादुर राजभण्डारी र सहयोगी बाबुराजा शाक्यले रु छ हजार घुस लिँदालिँदै कार्यकक्षबाटै पक्राउ गरिएको हो । आरोपी दुवैको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

यस्तै आयोगले प्रहरीलाई घुस दिन खोजेको अभियोगमा पक्राउ परेका भारत बहराइचका विजय चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चौधरीले भन्सार छली अवैधरूपमा हार्डवयरका सामान ओसारपसार गर्ने क्रममा पक्राउ परेका चार जना व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाउनका लागि रु १० हजार बराबरको घुस दिन खोजेको आयोगको दाबी छ ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालय, गुल्मीका नायब सुब्बा मिना मरासिनीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।