२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नदीजन्य पदार्थको चोरी निकासी रोक्न माग

अ+ अ-

बुटवल । प्रदेश नं ५ का प्रदेशसभा सदस्यहरुले अनियन्त्रितरुपमा गरिँदै आएको अवैध नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभा सदस्यले प्रदेशको तराईका जिल्लामा अनियन्त्रितरुपले अवैधरुपले नदीजन्य ढुङ्गा, गिटी र बालुवा चोरी निकासी भइरहेकाले उक्त कार्यमा रोक लगाउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । प्रदेशसभाको आजको बैठकमा रुपन्देहीका प्रदेशसभा सदस्य तुल्सीराम चौधरीले प्रदेश सरकारको कार्यविधि तथा मापदण्डविपरीत स्थानीय तहले जथाभावी उत्खनन् गर्न सिफारिश दिने गरिएको पाइएकाले प्रदेश सरकारले त्यसलाई रोक्नुपर्ने बताए । ‘क्रसर उद्योग मापदण्डविपरीत चलिरहेकाले तिनको अनुगमन गरिनुपर्छ,’ उनले भने ।

दाङका प्रदेशसभा सदस्य डिल्ली चौधरीले जिल्लाका विभिन्न नदीबाट ढुङ्गा, गिटी र बालुवाको चोरी निकासी भइरहेको बताए । उनले क्रसर उद्योगका लापर्वाहीका कारण ढुङ्गा, गिटी र बालुवा सर्वसाधारणले सहजरुपमा पाउन नसकेको बताए । चौधरीले बहुमत र अल्पमतका हिसाबले नभई सहमतिका आधारमा प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणको टुङ्गो लगाइनुपर्नेमा जोड दिए ।

नवलपरासी पश्चिमका प्रदेशसभा सदस्य दीपेन्द्रकुमार अधिकारीले जिल्लामा मिल बन्द हुँदा उखु किसान मर्कामा परेकाले बन्द रहेका चिनी उद्योग सञ्चालन गर्नेतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

यस्ते पाल्पाका प्रदेशसभा सदस्य तुलाराम घर्तीले सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा दोभान सडकखण्ड टिप्परको ओभरलोडलगायत कारणले जीर्ण र जोखिमपूर्ण बनेकाले मर्मत सम्भार तथा स्तरोन्नति गर्न र चुनढुङ्गा खानीको अनुगमन तथा नियमन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।