२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

अ+ अ-

काठमाडौं । संघीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न मुलुकमा सिफारिश भएका तीन राजदूतलाई आज अनुमोदन गरेको छ ।

समिति बैठकले राजदूतमा सिफारिश भएका क्यानडाका लागि भृगु ढुङ्गाना, स्वीट्जरल्याण्डका लागि मणिप्रसाद भट्टराई र कुवेतका लागि दुर्गाप्रसाद भण्डारीलाई अनुमोदन गरेको हो ।

बैठकमा तीनै जनाले आआफ्नो कार्यानुभव र भावी कार्ययोजनाका बारेमा प्रस्तुति दिएका थिए । समिति सदस्यले प्रस्तावित राजदूतका योजनामाथि जिज्ञासा राख्दै गर्नुपर्ने थप कामका बारेमा सुझाव दिएका थिए।

बैठकले सरकारले राजदूत सिफारिश गर्दा संविधानको समावेशिताको भावना र मर्मबमोजिम नभएको भन्दै आगामी दिनमा त्यस विषयलाई पालना गर्न सरकारलाई निर्देशन दिएको छ । सो विषयमा आगामी बैठकमा परराष्ट्रमन्त्रीलाई बोलाएर छलफल गरिने समिति सभापति लक्ष्मर्णलाल कर्णले जानकारी दिए ।

समितिबाट अनुमोदित तीनै जना परराष्ट्र मन्त्रालयका सहसचिव छन् । मन्त्रिपरिषद्को गत पुस ६ र ९ गते बसेको बैठकले भट्टराईलाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, जेनेभाको स्थायी प्रतिनिधि एवं स्वीट्जरल्याण्डका लागि आवासीय तथा इटाली, सानमारियो र लिस्टेन्स्टाइनका लागि गैरआवासीय राजदूतमा सिफारिश गरेको थियो ।

सोही बैठकले ढुङ्गानालाई क्यानडाका लागि आवासीय र क्युबा तथा जमैकाका लागि गैरआवासीय राजदूत तथा भण्डारीलाई कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय राजदूतमा सिफारिश गरेको थियो ।