वीरगञ्ज । वीरगञ्ज महानगपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा.भीष्मकुमार भुसाल निर्माणाको अन्तिम चरणमा रहेको नयाबसपार्कको स्थलगत अनुगमन गरेका छन् ।

मंगलबार दिउसो वीरगञ्जको नया वसपार्कमा पुगी प्रमुख प्रशासकिय अधिकृत डा.भूसाल निर्माणको अन्ति चरणमा रहेको बसर्पाको कार्यको प्रगतिबारे जानकारी लिदै निर्माण सम्पन्न गरी समयमै हस्तातरण गर्न ठेकेदारलाई अन्तिम चेतावनी दिएका छन् ।
निरिक्षणको क्रममा महानगरपालिकाले निर्दिष्ट गरेको समय भित्र निर्माण कार्यसम्पन्न नभए जरिवाना लिइने अन्तिम डा.भूसालले चेतावनी दिए ।

निर्माणकार्य प्रगतीको बारेमा जानकारी लिदै ठेक्केदार रोशन कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि शैलेन्द्र चोधरीलाई अन्तिम चरणका चलिरहेको फिनिसिगं कार्यलार्य तिब्रता दिदै निर्माणको गुणस्तरीयतालाई अझ सुधार नगरिए भुक्तानिका सबै बिलहरु रोक्ने चितावनी समेत दिए ।

बसपाकको उदघाटन गर्दै वीरगन्जको ट्राफिकलाई अझ सुदृढ गर्दै वसहरुलाई व्यवस्थीत गर्ने महानगरपालिकाको योजनामा ढिलाई भएकोले बताउदै प्रमुख प्रशासकिय अधिकृत भूसालले निर्माणकार्यलाई अबिलम्ब पुरा गर्न निर्देशन दिए ।
महानगरपालिकालाइ बसपार्कबाट आउने आम्दानीबाट बंचीत हुनुको साथै ऋणको व्याज समेत तिर्नुपर्ने अवस्था सिर्जना भएकोले अब कुनैपनि कारण देखाएर ढिलाई बर्दास्थ नहुने उनको भनाइ थियो । उनले ठेक्केदार कम्पनिको कारण निर्माण कार्यमा अब कुनैपनि रुपमा ढिलाई महानगरपालिकालाई बर्दास नहुने बताउदै समयमै निर्माण कार्यलाइ सम्पन्न गर्न निर्देशन दिए ।







