२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिक्री नभएको सुन्तलाबाट जाम बनाउन सिक्दै महिला

अ+ अ-

दमौली । तनहुँको भिमाद नगरपालिका–९ भानुमति सुन्तलाको पकेट क्षेत्र हो । यहाँबाट वाषिक रु एक करोडभन्दा बढीको सुन्तला निर्यात हुने गरेको छ ।

यहाँका कृषकले लगाएको सुन्तला व्यापारीले बोटमै पुगेर किन्ने गरेका छन् । कृषकसँग सुन्तला खरीद गरेर व्यापारीले विभिन्न जिल्लामा लगेर सुन्तला बिक्री वितरण गरिरहेका छन् । राम्रा–राम्रा सुन्तला व्यापारीले लगे पनि बिक्री नहुने खालका सुन्तला त्यसै छाडिन्छ । जुनपछि कुहिएर खेर जाने गरेको छ । धेरै समयपछि कुहिएको सुन्तला स्थानीयले पशुलाई खुवाउने गरेका छन् ।

सुन्तलाबाट जाम बनाउन सकिन्छ भन्ने जानकारी पाएपछि भने यहाँका महिलाले बिक्री नभएको सुन्तलालाई सदुपयोग गर्दै आम्दानीको स्रोत बनाउने लक्ष्य राखेका छन् । यहाँका महिलाले गाउँघरमै उत्पादन भएर बिक्री नभएको सुन्तलाबाट जाम बनाउने सीप सिक्न थालेका छन् ।

अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्था र नेपाल ख्रिष्टियन पाइमीले महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले सुन्तलाबाट जाम बनाउने सीप सिकाउन थालेको महिला सहकारी संस्थाका अध्यक्ष देवीमुक्तान आलेले जानकारी दिए । उनले भने, ‘सहकारीमा आबद्ध महिलालाई स्वरोजगार बनाउने उद्देश्यले गाउँघरमै रहेको सुन्तलाबाट जाम बनाउन सिकाएका हौँ ।’ स्थानीयको उत्पादनको माग बढ्दै गएकाले सुन्तलाबाट जाम बनाएर बिक्री गर्न सके राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ ।

सहकारीले सुन्तलाबाट जाम बनाएर बिक्री गर्ने सोचसमेत राखेको छ । सहकारीका लेखा संयोजक सुमाया थापाले आगामी वर्षदेखि सहकारीले नै जाम बनाएर बिक्री गर्ने लक्ष्य राखेको जानकारी दिए । स्थानीय महिलालाई नेपाल ख्रिष्टियन समाज महिला समिति गण्डकीकी संयोजक शारदा गौतमले सुन्तलाबाट जाम बनाउने सीप सिकाएका छन् । उनले केही समय अघि उक्त गाउँमा भ्रमणको क्रममा आउँदा व्यापारीले छाडेको सुन्तलालाई प्रयोग गरी जाम बनाउन सकिनेबारे छलफल गरेपछि यहाँका महिलाले त्यसतर्फ चासो दिएको बताए ।

उनले भने, ‘सुन्तलाका बोटमुनि फालिएका सुन्तला कुहिएपछि बङ्गुरलाई खुवाउने गरिँदो रहेछ, यसबाट त जाम बनाउन सकिन्छ भनेपछि महिला दिदीबहिनीले चासो दिए ।’उनले फालिएको सुन्तलाबाट पनि राम्रो आम्दानी हुने भएकाले व्यावसायिकरूपमा जाम बनाएर बिक्री वितरण गर्न सकिने बताए ।

सुन्तलाको रस, चिनी र कागतीको रस प्रयोग गरी जाम बनाउन सकिने र सुन्तलाको बोक्रा, रस, चिनी र कागतीबाट मार्वलेट बनाउन सकिन्छ । यसै वडाबाट यस वर्ष किसानले एक करोड बराबरको सुन्तला बिक्री गरेका छन् । यहाँ उत्पादित सुन्तला काठमाडौँ, नारायणगढ, वीरगञ्जलगायतका ठाउँसम्म बिक्री हुने गरेको स्थानीय महिला सपना शाहीले बताए ।

विगत पाँच वर्षदेखि हेफर इन्टरनेशनल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा सञ्चालित परियोजनाले महिलालाई उद्यमी बन्न र जागरुक बन्न उत्प्रेरणा जगाएको स्थानीय कृष्णकुमारी थापाले बताए ।