२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिम्मेवारी पूरा गर्न मुख्यमन्त्रीको निर्देशन

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रालयका सचिवहरुलाई बजेट, योजना तथा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियासहित आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानून, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र पूर्वाधार विकास मन्त्रालयका सचिव सम्मिलित आजको बैठकमा मुख्यमन्त्री शाहीले सबै सचिवलाई आ–आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।

‘कछुवा गतिमा बढेका योजनाले प्रदेश सरकारको मर्मअनुरुप काम हुन सक्दैनन्,’मुख्यमन्त्री शाहीले भने, ‘यसमा तपाइँहरु सम्बेदनशील भएर काममा खट्नुहोस् ।’ अहिले बजेट कार्यान्वयन नै सबैभन्दा ठूलो चुनौती भएको बताउँदै उनले परिणाम निकाल्ने गरी काममा तीव्रता दिन आग्रह गरे ।

कर्मचारीले प्रदेश सरकारको संस्थागत गर्न सहयोग गरेको प्रशंसा गर्दै मुख्यमन्त्री शाहीले भने,’विभागीय मन्त्रीलाई पनि मङ्गलबार योजना कार्यान्वयनका विषयमा गम्भीर भएर लाग्न आग्रह गर्दछु ।’ उनले सबै मन्त्रीलाई प्रतिफल देखिने गरी बजेट कार्यान्वयनमा जोड दिन र कर्मचारीको सक्रिय परिचालनमा ध्यान दिन आग्रह गरेको जनाए ।

उनले कार्यान्वयन गर्न नसकिने, संशोधन गर्नुपर्ने र नीतिगत समस्या समाधान गर्नुपर्ने योजनाको कारणसहित तीन दिनभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विवरण पेश गर्न पनि सबै सचिवलाई निर्देशन गरे ।

बैठकमा विभागीय छ मन्त्रालयका सचिवले आ–आफ्ना मन्त्रालयअन्तर्गत भएका कामको प्रगति, योजना कार्यान्वयन अवस्था, देखिएका समस्या, चुनौती र समाधानका बारेमा मुख्यमन्त्री शाहीलाई जानकारी गराएका थिए । सचिवहरुले जनशक्ति अभाव, कानूनी तथा संरचनागत समस्या, भौगोलिक विकटता योजना कार्यान्वयनको मुख्य चुनौतीका रुपमा देखापरेको बताएका थिए ।