२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तारादेवी फाउण्डेशनका लागि रु १० लाख

अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपलिकाले ‘तारादेवी स्मृति फाउण्डेशन’ अक्षय कोषका लागि रु १० लाख प्रदान गरेको छ ।

तारादेवी स्मृति फाउण्डेशनले तारादेवीको १३ औँ स्मृतिसभामा आज आयोजना गरेको ‘सम्झनामा तारादेवी’ कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले फाउण्डेशनका अध्यक्ष तथा कामपा–३ का वडाध्यक्ष दीपक केसीलाई उक्त रकम हस्तान्तरण गरे ।

चेक हस्तान्तरण गर्दै प्रमुख शाक्यले अहिलेका लागि महानगरको प्राथमिक काम पूर्वाधार नै रहेको जानकारी दिँदै कला, संस्कार, साहित्य र सिर्जनालाई प्रोत्साहन गर्न केही रकम लगानी गरिएको बताए । कार्यक्रममा संघीय संसद् सदस्य रामवीर मानन्धरले मोतीका रुपमा रहेका कलाकर्मीको उचित सम्मान हुन नसक्नु दुःखद् हो भने । फाउण्डेशनका अध्यक्ष केसीले देशका सम्पत्ति कलाकारको सम्मान नगरेसम्म संस्कृतिलाई जीवन्त राख्न नसकिने धारणा राखे ।

कार्यक्रममा कलाकार ज्ञानु राणा, मीरा राणा, सङ्गीता शाक्य र गीता पाण्डेले तारादेवीको स्वरमा सजिएका १४ गीत प्रस्तुत गरेका थिए । तारादेवी विसं २००२ माघ २ गते काठमाडौँको इन्द्रचोकमा बाबु कृष्णबहादुर कार्की र आमा राधादेवीका छोरीका रुपमा जन्मेका थिए। विसं २०२२ मा तारादेवीको शिवबहादुर श्रेष्ठसँग प्रेमविवाह भएको थियो ।

आफ्नो मृत्यु हुनुअघि नै उनले एक छोरा र पति गुमाइसकेका थिए । हाल उनका एक छोरा र छोरी छन्। उत्कृष्ट गायन कलाबाट नेपाली गीतसङ्गीतलाई प्रवर्धन गरेका तारादेवीलाई २०५० सालको जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो । उनको २०६२ साल माघ १२ गते निधन भएको हो ।