२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ : राई

अ+ अ-

खोटाङ । प्रदेश नं १ का सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताइन् । आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पुर्‍याउने आमाको निधनपछि कपाल मुण्डन गरी सेतो वस्त्र धारण गरेपछि आफू हलुका र शक्तिशाली महसुस भएको उनले जानकारी दिइन् ।

आमाको निधनले शोकमा परेकी सांसद राईले आफ्ना लागि सर्वस्व दिने आमाको सम्मानमा छोरीले पनि कपाल मुण्डन गर्न पाउनु समाजका लागि नौलो भएपनि ठूलो कुरा नभएको धारणा व्यक्त गरिन्। ‘समाजमा रहिआएको लैङ्गिक विभेद अन्त्य गर्नका लागिे कपाल मुण्डन गरेर सेतो वस्त्र धारणले आफूमा उर्जा मिलेको छ ।’ उनले भनिन्, ‘जीवन दिने आमाको निधनले जति नै पीडा भए पनि मृत्यु स्वीकार गर्नुको विकल्प नभएकाले आफ्नै आत्मसन्तुष्टीका लागि र दिवङ्गतआत्माको चीर शान्तिका लागि कपाल मुण्डन गरेर किरियापुत्री बसेकी हुँ ।’

दिक्तेलमा बुधबार आयोजित पत्रकार भेटघाटमा सांसद राईले छोराले मात्र काजकिरिया गर्न हुने तर छोरीले नहुने भन्ने मान्यतामा परिवर्तन हुन जरुरी रहेको औँल्याए । ‘छोराछोरी दुवै सन्तान भएकाले छोरा र छोरी दुवैले बुबाआमाको काजकिरिया गर्न मिल्छ ।’ उनले भनिन्,’सबै छोरीले कपाल मुण्डन गरेर र सेतो वस्त्र लगाएरै काजकिरियामा बस्नुपर्छ भन्ने नभइ आ–आफ्नो तरिका र इच्छा अनुरुप छोरीले पनि बुबाआमाको काजकिरिया बस्दा हुन्छ ।’

मूलुकमा राजनीतिक परिवर्तन आए पनि सामाजिक, सांस्कृतिक तथा संस्कारमा परिवर्तन आउन नसकेकाले अबको पहिलो काम सामाजिक–सांस्कृतिक पाटो सुधार गर्नुपर्ने हुन्छ, सांसद राई भनिन् ।

उनकी आमा लक्ष्मी राईको ७५ वर्षको उमेरमा गत पुस २५ गते निधन भएको थियो । काठमाडौँमा पाँच दिन काजकिरियामा बसेकी सांसद राईले जन्मथलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा आएर सात दिन बसेर काजकिरिया पूरा गरेकी थिइन् ।

सासुको काजकिरियाका लागि सांसद राईका श्रीमान् पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ पनि खोटाङ आएका थिए । सांसद राईले आमाको स्मृतिमा प्रतिष्ठान बनाएर हरेक वर्ष गरीब तथा असहाय बालबालिकाको शैक्षिक उन्नतिका लागि सहयोग गर्न अक्षयकोष स्थापना गरेकी छन् । आमाको १३औँ पुण्यतिथिको अवसर पारेर सोमबार आयोजना गरिएको श्रद्धाञ्जलीसभामा उनले सो कोष स्थापना गरेकी हुन् ।