२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्ला अस्पतालमा पहिलो पटक एलपी आरएफ सेन्टी फ्यूज उपकरण जडान

अ+ अ-

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक एलपी आरएफ सेन्टी फ्यूज उपकरण जडान गरिएको छ । कर्णाली प्रदेशमा रहेका अस्पतालमध्ये जुम्ला अस्पतालमा पहिलो पटक यो उपकरण जडान गरिएको हो ।

यो उपकरणले लामो समयसम्म बल्झिएका घाउलाई निको हुन सहयोग गर्दछ । पछिल्लो समयमा लामो समयसम्म घाउ भएर संक्रमण भोगिरहेका बिरामीको मागका आधारमा यो उपकरण जडान गरिएको प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंले बताउए । उनका अनुसार यो उपकरण जडान भएपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको छ । अस्पतालको प्रयोगशाला कक्षमा जडान गरिएको सो उपकरणले यहाँका वर्षौँ देखि निको हुन नसकेका घाउबाट प्रभावित बिरामीको उपचारमा सहयोग पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रयोगशाला प्रमुख विवेक पुनमगरले यो उपकरणले जस्तोसुकै ठुलो घाउ निको गर्न सक्ने बताए । उनका अनुसार प्लेन ट्युवमा नौ एमएल रगत सङ्कलन गरेर १२ मिनेट सेन्टी फ्यूज गर्नुपर्छ । त्यसपछि एलपी आरएफ लेयर बन्छ । इन्स्टुमेण्टले दबाब दिएर बनेको लेयर बिरामीको घाउमा लेप लगाइन्छ । इस्टिम सेलपछि घाउमा हिलिङ गरेर घाउलाई निको पार्ने काम गर्छ ।

यो उपकरण नेपालका केही अस्पतालमा मात्रै जडान भएको छ । लामो समयसम्म घाउ निको नभएका बिरामीलाई अहिले जिल्लामै यो उपकरण जडान हुँदा निकै राहत मिलेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रक्त सञ्चार केन्द्र, आइसीयुजस्ता अत्याधुनिक उपरकण जडान भइसकेका छन् ।