२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफैँले कमाएर पाल्नुपर्ने बुबाआमा र दूधे बालबच्चाको विचल्ली भयो !

अ+ अ-

खोटाङ । भित्तामा टाँसिएको ढुङ्गा र माटोले बनाइएको एकतले झुप्रो घर । घरसँगै जोडेर बनाइएको बाख्राको खोर । बाख्राको खोरबाट उडिरहन्छन् अनगिन्ती झिँगा र भुसुना । झिँगा र भुसुनाले बारम्बार उनकै शरीरमा आक्रमण गरिरहेका हुन्छन् । बारम्बार दुःख दिने झिँगा र भुसुना धपाउन उनीसँग न त हात छन्, न खुट्टा नै ।

नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका कर्मचारी हरिकाजी ढुङ्गाना कार्यालयले खटाएको कार्यक्षेत्रमा विद्युत् मर्मत गर्दै गर्दा करेन्ट लागेर दुवै हात र खुट्टा गुमाएपछि यस्तो अवस्थामा पुगेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी केही वर्ष पहिलेसम्म गाउँकै सबैभन्दा बलिया युवा थिए ।

हात खुट्टा छँदा गाउँमा कोही बिरामी परे बोकेर अस्पताल पुर्‍याउनेदेखि गाउँमा नयाँ घर बनाउनेका लागि सिङ्गो निदाल काँधमा हाल्ने हरिकाजी मात्रै थिए। त्यही साहसिक व्यक्ति भएकै कारण हरिकाजीले विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रमा तार तान्नेदेखि पोल ठड्याउने र मिलाउने प्राविधिकको जागिर पाएका हुन् ।

सबै मानिसका लागि उज्यालो दिन बनाइएको विद्युत् अहिले ३७ वर्षीय हरिकाजीको जीवनका लागि भने अहिले अन्धकार छाउने माध्यम बन्न पुगेको छ । अरुलाई उज्यालो दिन बिजुलीको तार जोड्न पोलमा चढेका हरिकाजीले करेन्ट लागेसँगै दुवै हात र एउटा दाहिने खुट्टा गुमाएका छन् ।

करेन्टले डढेर हातखुट्टा पग्लिएपछिको उनको हातखुट्टा प्लास्टिकको डण्डी जस्तै देखिन्थ्यो । हरिकाजीलाई बचाउन काठमाडौँस्थित विएण्डबी अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन वसन्त माथेमासहितका चिकित्सकले दुवै हात र एउटा दाँहिने खुट्टा काटेर फाल्ने निर्णय लिन आफन्तलाई आग्रह गरे ।

उमेर ढल्कँदै गएको बुबाआमाका साथमा बसेका हरिकाजीको त्यो बेला श्रीमतीको पेटमा हुर्कदै गरेको नासो थियो । दुर्घटनामा परेको केही महीनापछि हरिकाजीका श्रीमती सीताले दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिए ।

आँखाबाट आँसु बगाउँदै हरिकाजीका श्रीमती सीताले भने, ‘उनको शरीर मात्र बचाउन सके पनि ठूलो प्राप्ति भएको छ’, उनले थपे, ‘अहिले देब्रे खुट्टाका केही औँलासमेत छैनन् । दुई हात र दाँहिने खुट्टाको माथिल्लो भागमै काटेर फालिएको चार वर्ष भयो । अहिले उनी शरीर मात्र लिएर बाँचिरेका छन् । सारा गाउँबस्ती उज्यालो पार्न हिँडेका उनको अहिले जीवन नै अन्धकार भएको छ ।’

शरीर मात्र बाँकी रहेपछि परिवारकै जीवन कष्कर बन्दै गएको हरिकाजीका बुबाआमा दुवै ८५ वर्ष नाँघेका छन् । सम्पत्तिका नाममा केही पाखो बारी मात्र छ । घरमा बुबाआमा, श्रीमती, बहिनी, एक छोरी र एक छोरा छन् ।

वृद्ध बुबाआमा र बहिनी हरिकाजीकै सहारामा थिए । हरिकाजीका हातगोडा फालिएपछि अब उनका शरणमा रहेका सबै परिवार सहाराविहीन बनेका छन् । अहिले उनीहरुको घरमा चुल्हो बाल्न नै धौधौ परेको छिमेकी बताउँछन् ।

हरिकाजीको परिवारलाई सहयोग गर्न चाहनेका लागि राष्ट्रिय वाणिज्य बैंक ललितपुर शाखामा रहेको बचत हिसाब नं ११२००२१९७३१० गर्न सकिने छ ।

घरका एक्ला छोरा हरिकाजीका लागि सहयोग जुटाउन उपचारकै क्रममा ललितपुरमा उक्त बैंक खाता खोलिएको हो । कमाएर ल्याउने हरिकाजीकै हालत यस्तो भएपछि उनीहरुका आँखा अहिले ओभाएका छैनन् ।