पोखरा । हिमालयन कम्प्युटर गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता पोखरामा आजदेखि शुरु भएको छ ।
दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा गण्डकी प्रदेशका छ जिल्लाका करीब ७० खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने भएका छन् । सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशमा खेलकूद एकेडेमीको स्थापना गर्नका लागि बजेटसमेत विनियोजन गरेको जानकारी दिए।
पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले तेक्वान्दो खेलले अन्तर्राष्ट्रिय क्षेत्रमा विगतको साख जोगाउन नसकेकामा चिन्ता व्यक्त गर्दै भएका कमजोरी पहिल्याउन आवश्यक रहेको बताए । प्रतियोगितामा उत्कृष्ट फाइटर महिला तथा पुरुषलाई जनही १० हजार पुरस्कार एवं विजेता खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने छ ।







