२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नुवाकोटमा न्यायिक समिति सक्रियभएपछि स्थानीयवासी उत्साहित

अ+ अ-

विदुर । नुवाकोटका स्थानीय तहमा नागरिकलाई न्याय दिलाउन न्यायिक समिति सक्रिय भएका छन् ।
गाउँ, टोल, छरछिमेकमै हुने विवाद, झैझगडा तथा मुद्दा मामिलालाई स्थानीयस्तरबाटै हल र निरुपण गर्न स्थानीय तहका न्यायिक समिति सक्रिय भएका हुन् ।

गाउँपालिका र नगरपालिकाका उपप्रमुख न्यायिक समितिको अध्यक्ष हुने व्यवस्था छ । म्यागङ गाउँपालिकाका न्यायिक समितिले न्यायमा जनताको सहज पहुँचका लागि देखाएको सक्रियताप्रति स्थानीयवासी उत्साहित छन् ।

सो गाउँपालिकाका अध्यक्ष आशा तामाङले उपाध्यक्षको नेतृत्वमा न्यायिक समिति गठन गरेर काम गर्न थालेपछि न्यायको पहुँचमा सबैलाई पुर्‍याउन सफल भएको बताए ।

‘अदालती प्रक्रियामा लाखौँ खर्च गरेर वर्षौसम्म पनि एउटा मुद्दाको छिनोफानो नभइरहेको अवस्थामा न्यायिक समितिले दुवै पक्षलाई सहमतिमा ल्याएर न्याय दिलाउन र समाजमा शान्ति स्थापनाका लागि हामी सक्रिय छौँ’, अध्यक्ष तामाङले भने ।

गाउँपालिका तथा वडा कार्यालयमा विवाद दर्ता भएपछि सम्बन्धित वडामा रहेको मेलमिलापकर्तासँग सहकार्य गरेर न्याय निरुपणमा आफूले काम गर्दै आइरहेको गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक शान्ति गुरुङले जानकारी दिए ।

संयोजक गुरुङले भने, ‘न्यायिक समितिले स्थानीयवासीलाई सहज, सर्वसुलभ र अन्याय नभई सबैलाई न्यायको महसुस हुने गरी सक्रिय छ ।’