काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसदीय अभ्यास विपरीत चिकित्सा शिक्षा विद्येयक पारित गरेको बताएका छन् ।
किङ्ग कम स्पोर्टस् क्लबले आज यहाँ आयोजना गरेको ब्याटमिन्टन प्रतियोगिताको शुभारम्भ गर्दै उनले संसद् विपक्षीको पनि भएको भन्दै संसदीय व्यवस्थाअनुसार सभामुखले निष्पक्ष रुपमा सबैलाई आफ्नो रायसुझाव राख्ने अवसर दिनुपर्ने विचार राखे ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेकाएका नेता सिंहले कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताललाई स्वीकृति नदिनु राजनीति पूर्वाग्रह भएको बताए ।
एघार संघ संस्थालाई स्वीकृतिको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाँदा गणतन्त्र स्थापना र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने दुई पूर्वप्रधानमन्त्रीको नाममा स्थापित अस्पताललाई स्वीकृत नदिएर सरकारले ठूलो गल्ती गरेको उनको भनाइ थियो ।







