२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापाका दुई स्थानमा आगलागी, साढे एघार लाखको क्षति

अ+ अ-

बनियानी । झापाको कनकाई र गौरादह नगरपालिकामा आगलागी हुँदा करीब रु ११ लाख ५० हजार बराबरको अन्नपात,भाडावर्तन र चौपायाको क्षति भएको छ ।

झापाको गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर खनालको ग्वाली घरमा आज बिहान ४ बजे बिजुली चुहावट भई आगलागी हुँदा रू नौ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

आगलागीबाट खनालको काठले बनेको टिनको छानो भएको एकतले ग्वाली घर, ७५ मन धान, ५० मन मकै, दुई मन तोरी, चार चौपाया, फर्निचरका सामान र भाडावर्तन जलेर नष्ट भएको छ । आगलागी बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ५ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, शनिबार साँझ झापा कनकाई नगरपालिका–४ का लङ्कबहादुर खड्काको घरमा आगलागी हुँदा रू दुई लाख ५० हजार बराबरको क्षति भएको छ ।

खड्काको फुसको छानो र टाटी बेरा लगाएको एकतले घरमा आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, १४ कुखुरा जलेर नष्ट भएको जिप्रका झापाले जनाएको छ । आगलागी इलाका प्रहरी कर्यालय सुरुङ्गा र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको र आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।