२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शहीद धर्मभक्त माथेमाको सम्झना

अ+ अ-

काठमाडौं । शहीद धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा उनको सालिकमा पुष्पगुच्छा अर्पण गरी सम्झना गरिएको छ ।

काठमाडौँ महानगरपलिकाले आयोजना गरेको शहीद सप्ताह कार्यक्रमको आज दोस्रो दिन माधेमाको सम्झना गरेको हो । कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विधिको शासनले शहीदको सपना पूरा हुने बताउँदै शहीदको सपना पूरा गर्न समृद्धि र स्वाधिनताका लागि काम हुनु पर्नेमा जोड दिए ।

सभामा महानगरको वडा नं ७ का वडाध्यक्ष शुद्धकुमार डङ्गोलले पदीय दायित्व बमोजिमको जिम्मेवारीले मात्र शहीदको सपना पूरा हुने बताए। अहिले प्राप्त भएको राजनीतिक उपलब्धिमा धर्मभक्तको योगदान शब्दमा कम हुने सभामा सहभागीको भनाइ थियो ।

विसं १९९७ माघ १३ गते काठमाडौँको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर उनलाई मारिएको थियोे । विसं १९६६ आश्विन १ गते काठमाडौँको ओमबहालमा जन्मेका माथेमालाई तत्कालीन शासकको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई मृत्मुदण्ड दिइएको थियो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते, गङ्गालाल श्रेष्ठ एवं दशरथचन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।