२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानून, न्याय तथा मानवअधिकार समितिले गर्‍यो संशोधनकर्तासँग परामर्श

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ माथि संशोधन दर्ता गराएका सदस्यसँग संशोधन हाल्नुपर्नाका कारणबारे जानकारी लिएको छ ।

विधेयकमाथि २१ वटा समूहमा रहेर संशोधन दर्ता गराउने सदस्यसँग के कतिकारण संशोधन वा परिमार्जन गर्न आवश्यक रहेको छ भन्नेबारे परामर्श लिने काम पूरा भएको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।

सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’का रूपमा ५७ वटा विधेयक केही समयअघि सदनमा पेश गरेको थियो । ती विधेयकमाथि सदनमा सैद्धान्तिक छलफल भइसकेपछि त्यसमा केही सदस्यले संशोधन दर्ता गराएका छन् ।

संशोधनसहित समितिमा आएका ती विधेयमाथि सरकारसँग एक चरणको छलफल पूरा गरिरहेको पनि उनले जानकारी दिए । सोमबार समितिले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, वैदेशिक रोजगारसम्बन्धी लगायतका विभिन्न सरोकारवाला संस्थासँग छलफल गर्नेछ ।

त्यस लगत्तै समितिले संविधान अनुकूल केही ऐनलाई संशोधन गर्न आएका १०६ वटा कानूनलाई निष्कर्षमा पुर्‍याउने कामलाई युद्धस्तरमा अघि बढाइने सभापति पोखरेलले जानकारी दिए । आगामी फागुन २१ को समयसीमाभित्र संशोधन गरेर संविधान अनुकूल बनाउनुपर्ने विधेयकलाई यही माघ महीनाभित्र समितिले आफ्नो जिम्मेवारी पूरा गर्ने उनले बताए ।

कानून निर्माण गर्दा संसद्मा पर्याप्त छलफल गर्ने समयसीमा राखेर संसद्मा विधेयक ल्याउनुपर्नेमा अघिल्लो संसद्मा मौलिक हकसम्बन्धी विषयमा जस्तै यो पटक पनि सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक ढिलो संसद् पेश गरेको हुँदा हतारमा विधेयक पारित गर्नुपर्ने बाध्यता संसद्लाई रहेको छ ।

बैठकमा समितिका सदस्य सञ्जय गौतमले भने, ‘सरकारले ढिलो विधेयक ल्याएका कारण हतारमा पास गरेर अघि बढनुपर्ने बाध्यता आएको छ, पर्याप्त छलफल नहुँदा हुनसक्ने त्रुटिको अपजसको भागिदार हामी हुन्छांँ, गल्ती सरकारले गर्ने अपजस हामीले खानुपर्ने रु एकै दिनमा धेरै विषयमा छलफल गर्दा ‘ह्याट्रिक’ नै हुने भो !’

समितिले सोमबार नै श्रम रोजगार तथा सामाजिक सुरक्षा, अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वसँग संशोधनकर्ताले उठाएका विषयमा जानकारी लिने जनाएको छ ।