चितवन । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चारमाध्यम न्यायाधीश र प्रहरी बन्ने प्रवृत्ति राम्रो नभएको बताएका छन् । प्रेस काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको पत्रकार आचारसंहिता जागरण कार्यक्रममा उनले मिडिया सन्तुलित बन्नुपर्ने बताए।
कार्यक्रममा सहभागिको जिज्ञासाको समाधान गर्दै उनले पछिल्लो समय सामाजिक सञ्जालमा विकृति छाएको भन्दै तीनलाई पत्रकारिता कानून लाग्नुपर्ने बताए ।
उनले पत्रकारलाई लेखेको भरमा दण्डा लगाउने प्रवृत्तिका कानून निर्माण गर्न लागेको भन्दै आपत्ति जनाए ।
सो अवसरमा सहभागीले सामाजिक सञ्जाल र कतिपय अनलाइनका समाचारहरुले गर्दा पत्रकारिता क्षेत्रको बदनामी भएको भन्दै गुनासो गरेका थिए ।







