२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विषयगत छलफलमा प्रदेश समन्वय परिषद् बैठक

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश, प्रदेश समन्वय परिषद्को पहिलो बैठक आज विषयगत छलफलमा केन्द्रित भएको छ ।

आर्थिक समृद्धि, भौतिक पूर्वाधार, सामाजिक विकास, सुशासन तथा सेवा प्रवाह, कानून निर्माण, योजना निर्माण र कार्यान्वयन, अन्तर समन्वय र सहकार्यलगायतका विषयमा छलफल केन्द्रित भएको कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले बताए ।

सात समूहमा पहिलो आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, दोस्रो आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, तेस्रो सामाजिक विकासमन्त्री दल रावल र चौथो भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले नेतृत्व गरेकका छन्। त्यस्तै पाँचौँ उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, छैठौँ भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्री र सातौँ प्रदेश योजना आयोगका उपाध्यक्ष डा.पुण्यप्रसाद रेग्मीले नेतृत्व गरेका छन् ।

छलफल स्थानीय तह, प्रदेश तथा संघको एकल तथा साझा अधिकारको स्पष्टता, समन्वय, सहकार्य र सहअस्तित्व, कानून निर्माण, शिक्षा, स्वास्थ्य र कृषिको नीतिगत र संरचनागत स्वरुप निर्धारणमा केन्द्रीत छ । पूर्वाधार विकास, जलविद्युत्, पर्यटन, सञ्चार, खानेपानी, पाँच वर्षभित्र कर्णाली प्रदेशका नागरिकको प्रतिव्यक्ति आय दुई हजार १०० डलर पुर्‍याउने विषयको सुनिश्चितता गरी कर्णाली प्रदेशको आवधिक तथा गुरुयोजना निर्माण गर्नेतर्फ जोड दिइएको छ ।

छलफलबाट आएका नीतिगत सुझावलाई समष्टिगत गरी समन्वय परिषद् बैठकले आगामी कर्णाली प्रदेश विकास नमूनाको आधारपत्र तयार गरी कार्यान्वयन गर्ने साझा प्रतिबद्धता घोषणा गरिनेछ । छलफलमा प्रदेश सरकारका मन्त्री, संघीय संसद्, कानूनविद्, प्रदेश योजना आयोगका सदस्य, जिल्ला समन्वय समिति तथा नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षलगायत प्रमुख प्रशासकीय अधिकृतको सहभागिता छ ।