२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुवै हात र एउटा खुट्टा गुमाएका हरिकाजीलाई आर्थिक सहयोग जुट्दै

अ+ अ-

खोटाङ । विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गानालाई आर्थिक सहयोग जुट्न थालेको छ । नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले खटाएको कार्यक्षेत्रमा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका उनले बिचल्ली भएको समाचार राष्ट्रिय समाचार समितिमार्फत विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि सहयोग रकम जुट्न थालेको हो ।

ढुङगानाका लागि युट्युव सञ्चालक शिशिर भण्डारीको पहलमा गलकोट समाज जापानबाट सङ्कलित रु चार लाख, हङकङमा गरेका माल्बुल प्रेमी र साथीबाट सङ्कलित रु ४५ हजार, काठमाडौँका लीला घिमिरेको पहलमा कर्मचारीलगायत अन्य व्यक्तिबाट सङ्कलित रु ६१ हजार ७०० र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले पनिरु ५० हजार परिवारलाई प्रदान गरे  आफ्नत झमप्रसाद आचार्यले बताए ।

एघार केभी क्षमताको विद्युत् लाइन मर्मत गर्ने क्रममा विसं २०७० चैत १६ गते ३७ वर्षीय हरिकाजीलाई करेन्ट लागेर अपाङ्ग भएपछि आश्रित बुबाआमा र बालबच्चाको बिचल्ली भएको थियो । हरिकाजीका हातगोडा फालिएपछि उनका कमाइमा आश्रित सबै परिवार सहाराविहीन बनेका समाचार सार्वजनिक भएको थियो ।

अहिले उनीहरुको घरमा चुल्हो बाल्नसमेत धौधौ परेको छिमेकीहरू बताउँछन् । हरिकाजीको उपचारका क्रममा लिइएको ऋण फिर्ता माग्नेहरु अहिले दैनिकजसो घरमा आउने गरेको श्रीमती सीता ढुङ्गानाले बताएका छन् ।

उनको उपचारको क्रममा अहिलेसम्म रु ३७ लाखभन्दा बढी खर्च भएकामा विद्युत् प्राधिकरणले रु २६ लाख उपलब्ध गराएको थियो । करेन्ट लागेर बेहोस बनेका हरिकाजीलाई उद्धारपछि उपचारका लागि तत्कालै काठमाडौँ लगिएको थियो ।

काठमाडौँको बिएण्डबी अस्पतालमा उपचार गराइएको उनकोे सन्त माथेमासहितका चिकित्सकले दुवै हात र एउटा दाहिने खुट्टा काटेर फालेका थिए । दुर्घटनाको समयमा श्रीमतीको पेटमा भएको छोरा अहिले साढे तीन वर्ष पुगेको छ भने पहिलो छोरी ११ वर्षकी छिन् । बुबाआमा दुवै ८५ वर्ष नाघेका हरिकाजीका सम्पत्तिको नाममा केही पाखो बारीमात्र छ ।

उनलाई सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंक ललितपुर शाखाको ११२००२१९७३१० नं.को बचत खाता उपलब्ध गराइएको छ ।