२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट दर्ज्यानी चिन्ह सुशोभन 

अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को २०७५ माघ १४ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले संगठनलाई आधारभूत रुपमा बलियो र गतिशील बनाउन प्राविधिक प्रहरी कर्मचारीको अहम भूमिका रहेकोले संगठन र सेवाप्रतिको निष्ठा, आफ्नो क्षमता, व्यावसायिकता, इमानदारिता, सार्थक र सकारात्मक सोच सहित संगठनको श्रीवृद्धितर्फ लाग्नुपर्ने बताए। प्राविधिक सेवा सपोर्टको क्षेत्र मात्र नभएकोले सबै मिलेर सकारात्मक सोचका साथ काम गरी संगठन बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय संकल्पलाई मनन गरी नेपाल प्रहरीको तर्फबाट पूर्ण कटिबद्ध भई काम गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘संस्थागत विकास र सुशासनका लागि सबैजना दृढ संकल्पित हुनुस् ।’ संगठनको गरिमा बढाउने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने, शान्ति सुरक्षा कायम गर्ने, कानुन कार्यान्वयन गर्ने लगायत नेपाल प्रहरीले निभाउनुपर्ने भूमिकाका विषयमा संगठनले आफ्नो दायित्व सक्रियतापूर्वक निर्वाह गर्दै आएको उल्लेख गर्दै उहाँले यसलाई सबैले मनन गर्नुपर्ने बताए ।

हरेक चुनौति र समस्याको समाधान संगठनभित्रै खोज्नुपर्नेमा जोड दिदै प्रहरी महानिरीक्षक खनालले संगठनको मर्यादा र मूल्य मान्यता कायम राख्न आफ्नो काम र क्षमतामा विश्वास गरी संगठनप्रति पूर्ण समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिए । नेपाल प्रहरीले ल्याएको समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी कर्मचारी पनि आफ्नो घर परिवारदेखि नै टोलटोलमा खटिएर यसको सफलतामा योगदान दिन उनले आग्रह गरे ।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन जग्गा प्राप्ति, निर्माण कार्य, थप प्रहरी विद्यालय स्थापना, प्रहरी अस्पतालको स्तरोन्नति लगायतका काममा संगठन सक्रियतापूर्वक लागेको र यसलाई अझै गति प्रदान गर्न हरेक प्रहरी कर्मचारी आ(आफ्नो जिम्मेवारीमा त्रुटिरहित तरिकाले केन्द्रित रही योगदान दिनुपर्ने बताए ।

पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई समयको महत्व बुझ्दै तत्काल कार्यक्षेत्रमा खटिएर काममा अग्रसर हुन निर्देशन दिदै प्रहरी महानिरीक्षक खनालले वृत्ति विकाससँगै खुसीसाथ भूमिका निर्वाह गर्नुपर्ने बताए । चेन अफ कमान्ड र संगठनको नीति पालना गर्दै असल व्यवहार र पूर्ण व्यवसायिकतासाथ राम्रो काम गर्ने अपेक्षा संगठनले लिएको उनले उल्लेख गरे ।

कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायव उपरीक्षक दिपकराज अवस्थीले पदोन्नतीले मनोबल अझै उच्च भएकोले उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गर्न आफूहरु कटिबद्ध रहने उल्लेख गरे ।

पदोन्नति हुनेहरुमा प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षकमा १२ जना र प्राविधिक प्रहरी नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षकमा २९ जना गरी ४१ जना रहेका छन् ।

पदोन्नति भएका ४१ जना प्रहरी अधिकृतहरुमध्ये ३८ जना उक्त कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् भने प्राविधिक प्रहरी नायव उपरीक्षक १ र प्राविधिक प्रहरी निरीक्षक २ जना गरी ३ जना हाल संयुक्त राष्ट्र संघीय मिशनमा कार्यरत रहेका छन् ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।