२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आलु उत्पादन बढेपछि उपभोक्तालाई राहत

अ+ अ-

वीरगञ्ज । अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्सा जिल्लामा रु ४ करोड ५४ लाख ४० हजार मूल्य बराबरको २ हजार ८४० मेट्रिक टन बढी आलु उत्पादन भएपछि उपभोक्ताले राहत पाएका छन् । प्रायः यस भेगका उपभोक्ता चर्को मूल्य तिरेर भारतीय तथा पहाडको आलु खान बाध्य भएकामा यस वर्ष बढी आलु उत्पादन भएपछि उपभोक्तालाई राहत भएको वीरगञ्ज महानगरपालिका–२७ रामगढवाका शेषमन पण्डितको भनाइ छ ।

यस वर्ष पर्सा जिल्लाका किसानले एक हजार १५० हेक्टर क्षेत्रफलमा आलु खेती गरेकामा रु ३६ करोड ८० लाख मूल्य बराबरको २३ हजार मेट्रिक टन आलु उत्पादन गरेको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । गत वर्ष पर्साका किसान एक हजार १२० हेक्टर क्षेत्रफलमा आलुखेती गरी २० हजार १६० मेट्रिक टन आलु फलाएका थिए ।

हिउँदमा पानी नपरेको तथा समयमा आलु रोपाइँ गरेकाले किसानले यस वर्ष प्रतिहेक्टर २० मेट्रिक टन आलु उत्पादन गरेको ज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवले राससलाई बताए । पश्चिमी पर्साको बिरुवा गुठी, बेलवा, भिखमपुर गादीमा किसानले व्यवसायी रुपमा कुण्डी, सिचरी, लालगुलाब ३४ र गाढा जस्ता उन्नत जातको आलु खेती गर्दै आइरहेका छन् ।

पहिला सरकारले किसानलाई अनुदानमा आलुको बीउ उपलब्ध गराउँदै आएकोमा अहिले स्थानीय सरकारले सो अनुदान बन्द गरेकाले सरकारी सुविधाबाट वञ्चित हुँदै आएको अर्का किसान अजय पण्डितको भनाइ छ । प्रतिदिन करीब रु ५ लाखको आलु वीरगञ्ज बजारमा स्थानीय आलु बिक्री हुन थालेपछि भारतीय तथा पहाडका आलु विस्थापित हुँदै गएको छ ।

यसपालि अत्यधिक मात्रामा आलु उत्पादन भएकाले भाउ घटेपछि यसको व्यापार भने बढ्न नसकेको मीनाबजारका आलु व्यापारी चन्द्रिकाप्रसाद रौनियारको भनाइ छ । किसान एकाबिहानै ट्र्याक्टर, टायर गाडामा राखी आलु लिएर वीरगञ्जमा बेच्न आउन थालेपछि यसको व्यापार सहज भएको छ ।

स्थानीय बजारमा थोक तथा खुद्रा गरी करीब १०० को हाराहारीमा आलु व्यापारी रहेका छन् । स्थानीय बजारमा अहिले नयाँ आलु प्रतिकिलो रु १३ को दरले बिक्री हुँदै आएको छ ।