२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि उत्पादनमा प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने : अर्थमन्त्री खतिवडा

अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले कृषि उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाई उत्पादन लागत घटाउन कृषि सहकारी संस्थाका अगुवासित आग्रह गरेका छन् ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको ११ औँ वार्षिक साधारणसभामा उनले कृषि उत्पादनको लागत घटाउन सकिए मात्र कृषिका आयातित वस्तुसित प्रतिस्पर्धा गर्न सकिने बताए । उनले कृषिजन्य पदार्थमा पाँच प्रतिशतभन्दा बढी भन्सार कर लगाउन सक्ने अवस्था नरहेको स्पष्ट पारे । अर्थमन्त्री डा खतिवडाले आगामी पाँच वर्षमा आधारभूत खाद्यान्नमा आत्मनिर्भर बन्ने सरकारको नीति रहेको उल्लेख गर्दै यसका लागि सरकार, सहकारी र निजी क्षेत्र मिलेर अगाडि बढ्ने बताए ।

उनले भने–’कृषि र पशु बीमाका क्षेत्रमा लघु बीमा कम्पनीलाई आकर्षित गर्न सकिएको छैन । ती क्षेत्रमा आउने बीमा कम्पनीलाई सरकारले सहयोग गर्छ । म यसको नेतृत्व लिन नेपाल कृषि सहकारी केन्द्रीय संघलाई आग्रह गर्छु ।’अर्थमन्त्री डा.खतिवडाले कृषि उत्पादनको आर्थिक जोखिम घटाउन बीमाले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा कृषि क्षेत्रमा उल्लेखनीय योगदान दिएका दिपन चेपाङ (मकवानपुर), सवरा खातुन (बारा), पवितादेवी मसहर (धनुषा), मदनसिंह राउटे (डडेलधुरा) दिनेश साह (सिराहा), छविलाल खड्का (सुर्खेत) र सरोज नेपाल (मोरङ) लाई नगद रु पाँच हजारसहित सम्मान गरिएको थियो । साथै दीपा राना (सुर्खेत), दीपनारायण पुवे (धनुषा) तथा चिरञ्जीवी भण्डारी(झापा) उत्कृष्ट व्यवस्थापकको रूपमा सम्मानित भएका थिए । हाल संघ अन्तर्गत ७१ जिल्लामा ९९५ सहकारी संस्था आबद्ध छन् । करीब १० लाख कृषक आबद्ध रहेको ती संस्थामार्फत् कृषि क्षेत्रमा रु ४५ अर्ब पूँजी लगानी रहेको कार्यक्रममा जानकारी दिइयो ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कृषि क्षेत्रमा लगानी बढाउन सरकारसँग माग गरे । संघका अध्यक्ष खेमबहादुर पाठक तथा उपाध्यक्ष मदन दाहालले संघका गतिविधिमाथि प्रकाश पारेका थिए ।