२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीलाई घरदैलोमै सेवाकालीन तालीम

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा राजपत्र अनङ्कित प्रथम तथा द्वितीय श्रेणीका कर्मचारीको ३० कार्यदिने सेवाकालीन तालीम बिहीबारबाट शुरु भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी प्रतिष्ठान प्रशिक्षण काठमाडौंद्वारा आयोजित ‘कार्यालय व्यवस्थापन तथा सचिवालय सीप’ विषयक ३० कार्यदिने तालीममा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले तालीमले कर्मचारीको वृत्ति विकासमा सघाउ पुर्‍याउने बताए ।

“अनुभव, ज्ञान र सीपका लागि हरेक व्यक्तिलाई तालीम आवश्यक छ”, उनले भने, “व्यक्तिको दक्षता र क्षमता अभिवृद्धिले मात्र मुलुकको विकासमा सहयोग पुग्छ ।” उनले कर्मचारीका लागि सञ्चालित ३० कार्यदिने सेवाकालीन तालीमले कर्णाली प्रदेशले लिएको दीर्घकालीन सोच र लक्ष्य हासिलमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कर्मचारी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक शैलेन्द्र गिरीले गत वर्षदेखि सातवटै प्रदेशमा कर्मचारीको सेवाकालीन तालीम शुरु गरिएको जानकारी दिए । “घरदैलोमा सेवाकालीन तालीम लिन पाउँदा राजपत्र अनङ्कित प्रथम तथा द्वितीय श्रेणीका कर्मचारी खुशी छन्”, कार्यकारी निर्देशक गिरीले भने, “दैलोमै अवसर उपलब्ध गराउँदा यहाँका कर्मचारीको यो ३० कार्यदिनको तालीमबाट रु एक करोड ५० लाख खर्च बचेको छ ।” उनका अनुसार प्रतिष्ठानले अबदेखि सबै कर्मचारीलाई सेवाकालीन तालीम दिनेछ ।

पहिलो पटक सुर्खेतमा सञ्चालित सो तालीममा कर्णाली प्रदेशअन्तर्गत १० जिल्लाका १०० कर्मचारी सहभागी रहेको तालीम कार्यक्रम संयोजक लिलु गिरीले जानकारी दिए । विगतमा लाखौँ खर्च गरेर सेवाकालीन तालीम लिने बाध्यता खेपिरहेका कर्मचारीले घरदैलोमै अवसर प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका छन् ।