२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुरामा छाउप्रथाबारे जानकारी लिँदै सांसद

अ+ अ-

बाजुरा । छाउप्रथाबारे जानकारी लिन सङ्घीय सांसदहरुको टोली बाजुरामा आएको छ । प्रतिनिधिसभा महिला तथा सामाजिक विकास उपसमितिका संयोजक गणेशसिंह ठगुन्नाको नेतृत्वमा आएको टोलीले तीन आमा छोराको मृत्यु भएको स्थानको अवलोकन गर्नाका साथै सरोकारवाला निकायसँग छलफल गर्न बिहीबार बाजुरा आएको हो ।

पहिलो दिन टोलीले मार्तडीमा सरोकारवालासँग खुला छलफल तथा अन्तरक्रिया गरेको थियो । छाउप्रथा र यसका असर विषयमा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि महिला तथा किशोरीसँग अन्तरक्रिया गरेको छ ।

टोलीमा उपसमिति संयोजक सांसद गणेशसिंह ठगुन्ना, लालबहादुर थापा, अृमता थापामगर, गङ्गा चौधरी, विमला नेपाली, रुहिनाज मिकरानी तथा यूएनडिपीका दिलादत्त पन्तसमेत टोलीमा सहभागी थिए ।  जिल्लाको बूढीनन्दा नगरपालिका–९ अगाउँपानीमा पुस २४ गते राति तीन आमाछोराको एकै दिन छाउगोठमा मृत्यु भएपछि सो घटना चर्चामा आएको थियो ।

देशमा छाउप्रथाविरुद्धको कानून बनिसक्दा पनि छाउप्रथाकै कारण अकालमै ज्यान गुमाउनुपर्ने, चिसो गोठमा बस्दा विभिन्न रोगको संक्रमण र असुरक्षित जीवन बिताउनुपर्ने समस्या अझै विद्यमान रहेकाले त्यसको अन्त्य कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले बाजुरा आएको टोली संयोजक ठगुन्नाले बताए ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउप्रथाको बढी समस्या देखिएको र गाई, गोरु बाँध्ने गोठ, बन्द कोठामा सुत्नुपर्ने परिस्थिति अन्त्य गर्नाका लागि स्थलगत अवलोकन गर्न यो टोली बाजुरा आएको सांसद अमृता थापामगरले बताए । सदरमुकाम मार्तडीमा बिहीबार आयोजित छलफल कार्यक्रममा सांसद गङ्गा चौधरीले छाउ मान्ने र मान्न दबाब दिने आमा, बुबा, सासु, ससुरा, श्रीमान् जोकोहीलाई पनि कानूनी कारवाही गर्न समितिले प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको बताए ।

छाउपडी गोठ गाई, गोरु बाँध्ने स्थान भएकाले यस्तो स्थानलाई गोठ नभनी छाउकोठा भन्नुपर्ने अन्तरक्रिया कार्यक्रममा बाजुराबाटै प्रतिनिधित्व गर्ने सांसद लालबहादुर थापाले बताए । उनले यस विषयमा स्थानीय तह तथा स्थानीय राजनीतिक दल बढी जिम्मेवार हुनुपर्ने र त्यसको शुरुआत प्रत्येक राजनीतिक दलले पार्टी सङ्गठन कमिटीबाटै शुरु गर्नुपर्नेसमेत सुझाव दिए ।

भगवान्प्रति आस्था राख्ने, दुर्गा, लक्ष्मी, सरस्वतीलाई पूजा गर्ने समाज आफ्नै छोरी–बुहारीमाथि अपमान र हिंसा भइरहेकामा सांसद मिकरानीले दुःख व्यक्त गरे । गोठमै आमा छोराको मृत्युपछि जिल्लामा छाउगोठ भत्काउन थालिएको छ भने बूढीनन्दा नगरपालिकाले यस्ता व्यवहारमा सबै प्रकारका सुविधासमेत रोक्ने गरी कार्यविधि निर्माण गर्न लागेको छ ।

सांसद विमला नेपालीले गोठ भत्काएर मात्र समस्या समाधान नहुने भएकाले मानसिकता नै बदल्ने खालको नीति लिन टोली बाजुरा आएको बताए । संयोजक ठगुन्नाले यो टोली जिल्ला भ्रमण गर्न मात्र नभई यहाँको वास्तविकता बुझेर त्यसको कार्यान्वयनका लागि पहल गरिने जानकारी दिए ।