जिल्ला प्रहरी कार्यालय बाजुरामा आगलागी भएको छ ।
शनिबार बहान ६ बजेतिर लागोको आगोबाट एक लाख रुपैयाँभन्दा बढीको सामान क्षति भएकोे अनुमान गरिएको छ ।
प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको कार्यालयले जनाएको छ।
उक्त कार्यालयको सुविधा सम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै आएको थियो।
आगो प्रहरी जवान र बजारवासीको सक्रियमा नियन्त्रणमा आइसकेको बताइएको छ।







