२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मृत अवस्थामा चितुवा भेटियो

अ+ अ-

डोटी । दिपायल सिलगढी नगरपालिका–८ लडागडाको टिमुरदह गाउँनजिकै ब्रमण्डी सामुदायिक वनमा मरेको अवस्थामा चितुवा फेला परेको छ ।

उक्त चितुवालाई मुचुल्का तयार गरी सिलगढी ल्याउनका लागि डिभिजन वन अधिकृत रामविचारी ठाकुर, रेञ्जर सुरेश रोकाया, सिलगढी सव-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भोजराज शर्मा र लडागडा प्रहरी चौकीको टोली उक्त स्थान पुगेको छ ।

चितुवा अन्दाजी तीन वर्षको रहेको र शरीरमा घाउ देखिएकाले गोली लागेर मरेको हुनसक्ने वा बँदेलको आक्रमणबाट मरेको हुनसक्ने सो टोलीको प्रारम्भिक अनुमान छ । जिल्ला सदरमुकाम ल्याई परीक्षण गरेर मात्रै चितुवा मरेको कारण यकिन गर्न सकिने सिलगढी सव-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत शर्माले बताए ।

ब्रमण्डी सामुदायिक वन क्षेत्रको खोल्सामा चितुवा मृत अवस्थामा भेटिएपछि सो सामुदायिक वनका अध्यक्ष झङ्कर साउदले डिभिजन वन कार्यालय र सिलगढी सव-डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए । । उक्त चितुवाको परीक्षण पश्चात आवश्यक प्रक्रियाबाट डिभिजन वन कार्यालयको परिसरभित्रै नष्ट गरिने बताइएको छ ।

मृत चितुवाको पोस्टमार्टम गरी प्रहरीको सहयोगमा सिकारीको खोजी कार्य अगाडी बढाइने डिभिजन बन कार्यालयका डिभिजन बन अधिकृत राम विचारी ठाकुरले बताए । यो महिना मात्र डोटीमा दुई चितुवा र एक वदेलको मृत भएको छ ।

डोटीमा माथिल्लो भेगमा हिमपात भएका कारण जंगली जनावर चिसो छल्न तल मानव बस्तीमा आएको र मावब बस्तीमा जनावर र मानव बिच द्वन्द्वको परिणाम यो समस्या आएको बताए ।