२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यालय सहयोगीका भरमा सीमा प्रशासन

अ+ अ-

पाँचथर । उत्तर–पूर्वी क्षेत्र च्याङथापुमा रहेको सीमा प्रशासन कार्यालय वर्षौंदेखि कार्यालय सहयोगिको भरमा चलेको छ ।

नेपाल–सिक्किम सीमा नाका च्याङ्थापुमा रहेको उक्त कार्यालय वर्षौंदेखि कार्यालय सहयोगीले मात्र हेर्दै आएका छन् । अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर, सहायक लेखापाल, खरिदार र कार्यालय सहयोगी गरी सातको दरबन्दी रहेको सो कार्यालयमा कार्यालय सहयोगी मात्रै कर्मचारी छन् ।

सो कार्यालयमा आएका कार्यालय प्रमुख एक साता पनि नबसी काजमा अन्तै जाने गरेका छन् । कोही भने कार्यालयमा हाजिर पनि नभई सरुवा लिएर जाने गरेका छन् । तेह्रथुम घर भई हाल सो कार्यालय हेर्दै आएका लक्ष्मीप्रसाद खवासले कार्यालय सहयोगीका रुपमा काम गरेको १३ वर्ष भयो । यसबीचमा उनले कार्यालयमा सरुवा भएर आएका अधिकृतलाई साता दिनभन्दा बढी बसेको थाहा नभएको बताए।

उनले भने, “केही सरहरुलाई सात दिन जति देखेँ, केहीको भने सदरमुकाम हुनुहुन्छ भन्ने नाम मात्र सुने ।” कायममुकामय अधिकृत रेणु ओझा मात्रै करीब सात महीना जति कार्यालयमा नै बसेर काम गरेको र त्यसपछि काज मिलाएर अन्यत्र जानुभएको उनको भनाइ छ ।

“अधिकृत गणेश ओझा हिँडेर आउनुपर्ने भएकाले फिदिमदेखि नै कहिलेकाहीँ आउथे” उनले भने । त्यसपछि आएका अधिकृत महेन्द्रनाथ भट्टराई, मिनरलाल योङहाङ, किशोर विश्वकर्मा लगायतको नाम मात्र सुनेको केही साता दिनसम्म बसेको उनले सम्झिए ।

कार्यालयमा आफू एक्लै भएकाले राष्ट्रिय झण्डा बिहान अफिसमा आएर राख्ने गरेको र बेलुकी थन्क्याउने गरेको उनले जानकारी गराए । उनले केन्द्रदेखि आएका चिट्ठीपत्र जिल्ला पठाउने मात्र काम गर्दै आएका छन् ।

याङ्वरक गाउँपालिकाको उत्तर–पूर्वी क्षेत्रका वडा नं १, २ र ३ का च्याङथापु, फलैचा र ओयामका नागरिकलाई प्रशासनिक सेवासुविधा प्रवाह गर्न सीमा प्रशासन कार्यालय स्थापना गरिएको हो । सदरमुकाम फिदिमदेखि टाढा पर्ने सो क्षेत्रका नागरिकको मागअनुसार नै स्थापना गरिएको कार्यालयमा कर्मचारी नै नबस्दा यहाँका नागरिक मारमा परेका छन् । स्थानीयवासी बलराम शिवाकोटी सीमा प्रशासन जतिको महत्वपूर्ण कार्यालयमा कर्मचारी नहुँदा आफूहरुले सदरमुकाम नै धाउनुपर्ने बाध्यता रहेको बताए ।

नागरिकता, राहदानीसँगै नाबालक परिचयपत्र, आदिवासी जनजाति प्रमाणपत्र, बजार अनुगमन र एक नं पिलर फालोटदेखि कालीझारसम्म निरीक्षण गर्ने काम, कर्तव्य र अधिकार सीमा प्रशासन कार्यालयलाई छ । सीमा क्षेत्रमा हुँदै आएका जडीबुटीदेखि वन्यजन्तु चोरी–तस्करी नियन्त्रण र सीमा नाका पास पनि सीमा प्रशासनले नै दिने अधिकार छ । तर कर्मचारी कार्यालयमै नबस्दा वर्षौंदेखि यी काम सीमा प्रशासनबाट प्रभावित हुँदै आएका छन् ।

प्रशासनमा कर्मचारी नहुँदा सीमा प्रहरी कार्यालयले सीमा नाका पास दिने अख्तियारी पाएको छ । अन्य सबै कामका लागि त्यस क्षेत्रका नागरिकहरू सदरमुकाम धाउने गरेका छन् । गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले प्रजिअ प्रकाशचन्द्र अधिकारीसँग कर्मचारी पठाउन बारम्बार आग्रह गरिएको बताए । तत्काल कर्मचारी ल्याएर जनतालाई सेवासुविधा दिलाउन आफू लागिपरेको उनले जानकारी दिए ।