२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेत अख्तियारमा ६२१ उजुरी

अ+ अ-

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ६ महीनामा ६२१ उजुरी परेको छ । चालू आव २०७५/७६ को पुस मसान्तसम्ममा कूल ६२१ उजुरीमध्ये १६८ मुद्दा फछ्र्यौट गरिएको छ ।

चार सय ५३ उजुरीबारे अध्ययन अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । सङ्घीय मामिलाअन्तर्गत १८८ उजुरी परेकामा ५१ फछ्र्यौट तथा १३७ बाँकी छ । शिक्षा सम्बन्धि १८०, वन तथा वातावरणतर्फ ५८, ऊर्जा, जलस्रोत र सिँचाइका ५१, स्वास्थ्य तथा जनसङ्ख्याका ३९ र भौतिक पूर्वाधार तथा यातायात सम्बन्धि २९ उजुरी परेको सापकोटाले बताए ।

त्यसैगरी खानेपानी सम्बन्धि २०, कृषि तथा पशुपक्षी विकासमा १३, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमा १४, गृहतर्फ १०, शहरी विकासमा सात, उद्योग, वाणिज्य तथा आपूर्तितर्फ पाँच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनतर्फ तीन, सञ्चार तथा सूचना प्रविधितर्फ तीन तथा युवा तथा खेलकूद सम्बन्धि एउटा उजुरी परेको छ । जिल्लागत तथ्याङ्कअनुसार सुर्खेतबाट १३७, दैलेखबाट १०८, जाजरकोटबाट ८७, कालीकोटबाट ७०, जुम्लाबाट ४८, हुम्लाबाट ४२, रुकुम पश्चिमबाट ४०, सल्यानबाट ४३, मुगुबाट ३१ तथा डोल्पाबाट ११ उजुरी परेको सापकोटाले बताए ।

“कार्यविधि एवं नियमसङ्गत काम नगरेका, बाटो, सडक, भवन, सिँचाइ तथा कुलो निर्माणमा भएका अनियमितता सम्बन्धि बढी उजुरी परेको छ,” उनले भने । शङ्का, रिसइवी र राजनीतिक पूर्वाग्रहका आधारमा पनि उजुरी पर्ने गरेको छ । उजुरी परे पनि तथ्य सावित गर्ने खालका प्रमाण नजुट्दा अनुसन्धानमा समस्या भएको सापकोटा बताउँछन् । चैत, वैशाख, जेठ र असारमा अत्यधिक उजुरी पर्ने गरेको छ ।