२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरैपिच्छे एक धारा

अ+ अ-

जुम्ला । सिँजा उपत्यकामा पर्ने हिमा गाउँपालिकाको दुई गाउँमा घरैपिच्छे एक धारा निर्माण गरिएको छ । किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा हरेक घरमा एक खानेपानी धारा निर्माण गरिएको हो ।

स्थानीय मन्नु योगीका अनुसार पहिला गाउँमा सामूहिक धारा हुँदा पानी भर्न घण्टौँ समय लाग्ने गर्दथ्यो, तर सबैका घरमा धारा भएपछि सहज भएको छ । उनले भने, “पानी भर्न महिलाको समय धेरै पर्खेरै जान्थ्यो, अहिले त्यो समस्याबाट मुक्ति मिलेको र कार्यबोझ घटेको छ ।”

माथिकुडुका स्थानीय देवेन्द्र शाहीका अनुसार हरेक घरमा पानीका धारा भएपछि खानेपानी सहज उपलब्ध भएर सबैका करेसाबारीमा पनि सिँचाइ गर्न थालिएको छ । हिमा गाउँपालिका– ७ माथिकुडुमा ७८ घरधुरीमा ५५ लाख लागतमा ७८ खानेपानी धारा निर्माण गरिएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत हरिगोपाल चौलागाईँले बताए । सोही गाउँपालिका–३ जोगीवाडामा ८२ घरधुरीमा ५३ लाख लागतमा ८२ धारा निर्माण गरी स्थानीयवासीले खानेपानी पिउदै आएको उनले बताए ।

हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाका अनुसार हरेक घरमा धारा भएपछि महिलाको कार्यबोझमा न्यूनीकरण आएको छ । गाउँपालिकाकाले सबै घरमा एक घर, एक धारा निर्माण गर्ने योजना अघि सारेको छ । सबै वडामा योजना सञ्चालनमा ल्याउने उनले बताए । रासस