२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी चौकीका लागि जग्गा दान

अ+ अ-

अछाम । जिल्ला प्रहरी कार्यालय अछामअन्तर्गत अस्थायी प्रहरी पोष्ट बेलखेतका लागि एक स्थानीयवासीले नौ लाख मूल्य बराबरको तीन रोपनी जग्गा दान गरेका छन्।

पञ्चदेवल विनायक नगरपालिका–४ का स्थानीयवासी डम्मरबहादुर शाहीले प्रहरी चौकीका लागि जग्गा दान गरी जिल्ला प्रहरी कार्यालय अछामको नाममा नामसारी गरेको छ ।

शाहीले जिल्ला प्रहरी कार्यालय अछाममै पुगेर जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अस्थायी प्रहरी पोष्ट स्थापना भएको ठाउँमै प्रहरी जग्गा प्राप्त भएपछि आफूहरुलाई सहज भएको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए ।

जग्गा भएपछि भविष्यमा प्रहरी चौकी भवन निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारलाई रकम माग गर्न पनि सजिलो भएको शाहीको भनाइ छ । उनका अनुसार जिल्लाभरिका छ बाहेक सबै प्रहरी चौकी असुरक्षित भाडाका घरमा बस्नुपर्ने बाध्यता छ ।