२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक काम गर्दै नेपाल प्रहरी

अ+ अ-

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लाका हरेक विद्यालयमा सचेतना अभियान सञ्चालन गर्नुका साथै सामाजिक कामलाई पनि तीव्रता दिएको छ ।

जिल्लाका हरेक विद्यालयमा गएर महिला हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सार्वजनिक स्थलको सरसफाइ, अप्ठ्यारोमा परेकालाई उद्धार तथा भौतिक निर्माण लगायतका काममा सहयोग गर्दै आएको हो ।

जिल्लामा हुन सक्ने महिला हिंसा, यौन दुव्र्यवहार र बलात्कारको घटना न्यूनीकरण गर्न विद्यालयमा सचेतनामूलक अभियान सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

‘विद्यार्थीलाई सहभागी गराएर यौनजन्य हिंसा र न्यूनीकरणका बारेमा जानकारी गराइन्छ’, उनले भने, ‘अभियानले उनीहरु र उनीहरुका परिवारमा हुनसक्ने घटनामा न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।’

अभियानका क्रममा महिला तथा लैङ्गिक हिंसा, यौन दुव्र्यवहार र बलात्कार घटनाका साथै साइवर क्राइमका बारेमा विद्यार्थीलाई सचेतना अभिवृद्धि गराइने प्रहरी नायब उपरीक्षक केसीले बताए । ‘कुनै व्यक्तिले शुरुमा बोलाउने, त्यसपछि म्यासेज पठाउने, अनि नजिक आउन थाल्छ भने उसको नियत खराब छ भन्ने बुझ्नुपर्छ’, उनले भने, ‘शुरुमै प्रतिकार गरे अपराधको बाटो बन्द हुन्छ । तपाईहरुलाई यदि कसैले त्यस्तो व्यवहार गर्दै छ भने, गलत नियत भन्ने बुझ्नुहोस् र सचेत रहनुहोस् ।’

प्रनाउ केसीले गत साउनदेखि हालसम्म जिल्लामा १९ वटा यौनजन्य हिंसाका घटना भएकामा १७ वटा घटना चिनजानका र आफन्तबाटै भएको उजुरी प्रहरीमा दर्ता भएको जानकारी दिएका छन् ।

जो कोहीलाई भेट्ने नाममा एकान्तमा एक्लै नजान र अपरिचितको फोन आएमा नबोल्न प्रनाउ केसीले सबैलाई आग्रह गरेका छन् ।

जिल्लामा महिला हिंसा, यौन दुव्र्यवहार र बलात्कारका घटना दिनानुदिन वृद्धि हुँदै गएकाले प्रहरीले विभिन्न विद्यालयमा पुगेर सचेतनामूलक कार्यक्रम गर्दै आएको हो ।

प्रविधिको विकाससँगसँगै समाजमा नराम्रा गतिविधि भइरहेकाले प्रहरीले सञ्चालन गरेको यो अभियान अत्यन्तै उपयोगी भएको प्रधानाध्यापकले बताएका छन् । प्रहरीले सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा अहिलेसम्म जिल्लाका २२ वटा विद्यालयमा पुगेर सचेतना अभियान सञ्चालन गरिसकेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङले सचेतना अभियानसँगै हरेक शुक्रबार सरसफाई तथा सामाजिक कामलाई पनि सहयोग गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालयसँगै चारवटै इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहभागी भएर पर्यटकीयस्थल तथा मठ मन्दिर, सार्वजनिकस्थल लगायतको सरसफाइमा जुटेको हो ।