२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा १ सय ३२ जना जेष्ठ नागरिक सम्मानित

अ+ अ-

डोटी । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ ले आफ्नो वडा भित्र रहेका ७० वर्ष भन्दा माथिका १ सय ३२ जना जेष्ठ नागरिकलाई बुधबार एक कार्यक्रमका बिच सम्मान गरेको छ ।

वडा कार्यालयले आयोजना गरेको सम्मान कार्यक्रमले ७० बर्षीया तारादेवी साउद देखी ९७ बर्षीय भागा देवी साउद सम्मका जेष्ठ नागरिक सम्मानित भएका वडा कार्यालयले जनाएको छ ।

आमा बुवाहरुको मान सम्मान र कदर स्वरुप भएपनि सम्मान गर्दा नयाँ कार्यको सुरुवात गरेको वडा नम्बर ३ निवासी समाजसेवी विष्णु बहादुर माझीले बताए । उनले भने वडा कार्याललले सबैको भावना अनुरुप उदारणीय कामको सुरुवात गरेको छ यस कामले निरन्तरता पाओस् ।

जेष्ठ नागरिक भनेका भगवान हुन् हामी सबैले सधै कदर गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिकाका उप प्रमुख शिवराज खड्काले बताए । उनले भने हाम्रो गाउँ ठाँउ र बस्तिको विकास कसरी गर्दा अझ राम्रो र सबैलाई फाईदा पुग्ने हुन्छ त्यसमा मेरो पनि पुर्ण सहयोग र समर्थन हुनेछ ।

वडा नम्बर ३ ले गरेको कामको प्रशंसा गर्दै यस्ता कार्यलाई अरु वर्षमा पनि निरन्तरता दिनुका साथै अन्य वडाहरुले पनि केही नयाँ कुरा सिक्न पाठको रुपमा लिन सकुन यस्ता कार्यलाई सबैले साथ समर्थन गर्नुपर्ने समेत बताए ।

देश संघीयतामा गईसकेपनी सबै वर्ग लिंग जानजातिका आ आफ्नै अधिकार छन् ।त्यसमा जेष्ठ नागरिकका अधिकारहरुलाई कार्यान्वयन गर्न नयाँ कार्यको सुरुवाती गरेको कार्यक्रमका सभाध्यक्ष समेत रहेका वडा नम्बर ३ का वडा अध्यक्ष चक्र बहादुर माझीले बताए ।

उनले भने जेष्ठ नागरिक भनेका हाम्रा विकास, समाज परिर्वनका मुख्य आधार हुन परिपक्कता र अनुभवले भरपुर्ण ब्यक्तिले हामीलाई महत्वपुर्ण सुझाब सल्लाहा र मार्गनिर्देशन गर्न सक्छन त्यसैले हामीले पनि सधै सम्मान गर्नुपर्छ हाम्रो दायीत्व हो । जब हामी जेष्ठ नागरिकलाई उचित मान सम्मान दिन सक्दैनौ तब हाम्रो कार्य दिगो हुन नसक्ने बताए ।

आगामी दिनमा पनि बजेटको अवस्था हेरेर जेष्ट नागरिक, बालवालिकाहरुका लागि बिशेष कार्यक्रमहरु तयार गर्ने समेत अध्यक्ष माझीले बताए । वडा परिषदले जेष्ठ नागरिकहरुका लागि भनेर १ लाख पचास हजार बजेट विनियोजित गरेको थियो ।

सोही बजेट बाट जेष्ठ नागरिकहरुलाई चिसोमा प्रयोग गर्ने बाक्लो सल, नगद दुई सय रुपयाँ सहित सम्मान गरेको थियो । कार्यक्रममा जेष्ठ नागरिक, समाजसेवी, पत्रकार, नागरिक समाज, राजनितिक दल लगाएको सहभागिता रहेको थियो ।