२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठौं राष्ट्रिय खेलकुद अभिमुखीकरण कार्यक्रम

अ+ अ-

पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई पारदर्शी, कम लागत तथा भब्य रुपमा सम्पन्न गर्न आठौं राष्ट्रिय खेलकुद सचिवालयले सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा आठौं राष्ट्रिय खेलकुद अभिमुखीकरण कार्यक्रमको आयोजना ग¥यो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राखेपका सदस्यहरु, विभागिय प्रमुखहरुका साथै ७ प्रदेशका संयोजक, कार्यालय प्रमुख र लेखा प्रमुखहरु र राखेपका कर्मचारीहरुको उपस्थितमा आठौं राष्ट्रिय खेलकुदलाई पारदर्शी, कम लागत, विवाद रहित भब्य रुपमा सम्पन्न गर्न आई पर्ने विभिन्न कठिनाई, तथा प्रतियोगिताका लागि निर्माण गरिएको आर्थिक निर्देशिका तथा प्राविधिक बिर्षका बारेमा छलफल भएको थियो ।

उक्त कार्यक्रमका उपस्थित ब्यक्तिहरुले प्रतियोगिताका दौरान आईपर्ने विभिन्न कठिनाईलाई समाधान गर्ने र निर्देशिकामा रहेका प्रावधानहरुमा देखिएका त्रुटीहरुका बारेमा औल्याएका थिए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव बिष्टले आठौं राष्ट्रिय खेलकुदलाई विगत भन्दा फरक ढंगले संचालन गर्न र उक्त प्रतियोगितालाई पारदर्शी, कमलागत र विवाद रहित भब्य रुपमा सम्पन्न गर्न प्रदेश संयोजक, कार्यालय प्रमुख र लेखा प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

एक दिने उक्त कार्यक्रममा कोष तथा लेखा निर्देशना कार्यालय तथा महालेखा परिक्षणका प्रतिनिधीहरुले कार्यक्रममा उपस्थित ब्यक्तित्वहरुलाई आर्थिक दायरमा बसेर कार्य गर्नुका साथै लेखा चुस्त दुरुस्त राख्नुका साथै समयमै पेश्की फछ्र्यौट सम्वन्धि कार्य गर्न सुझाव प्रदान गरेका थिए ।