२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दलीय मतभिन्नता त्याग्न आग्रह

अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै अमेरिकी राजनीतिको केन्द्र वासिङ्टनले आपसी ‘प्रतिशोध, प्रतिरोध र प्रतिकार’ त्याग्न आग्रह गरेका छन् ।
स्थानीय समयअनुसार मङ्गलबार राति ‘स्टेट अफ दी युनियन’ नाम दिइएको उक्त सम्बोधनमा आफूविरुद्ध भइरहेको ‘मुर्खतापूर्ण पक्षपातयुक्त अनुसन्धान’ अन्त्य गर्न आग्रह गरे।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले दलीय सहमतिका लागि आग्रह गरेपनि कठोर आप्रवासन नीतिको बचाव गरेका थिए । । ट्रम्पका आप्रवासन नीतिले विपक्षी डेमोक्र्याट पार्टीलाई क्रुद्ध बनाउनुका साथै राष्ट्रपति ट्रम्पले आप्रवासी नियन्त्रणका नाममा मेक्सिको सीमामा पर्खाल निर्माण गर्न माग गरेका करिब ६ अर्ब डलरको बजेट डेमोक्र्याट्सको बहुमत रहेको कंग्रेसले अस्वीकृत गरेको छ ।

सम्बोधनका क्रममा पनि राष्ट्रपति ट्रम्पले अवैध आप्रवासन अमेरिकाको सुरक्षा र आर्थिक सुव्यवस्थाका लागि चुनौती रहेको समेत बताए ।

उनले डेमोक्र्याट पार्टीसँगको सम्बन्ध सुधारका लागि कुनै नयाँ योजना अघि सार्नु भएन । बरु, सम्बोधनका क्रममा राष्ट्रपतिका कतिपय योजनाप्रति डेमोक्र्याट सांसदहरुले बेवास्ता गरेका थिए ।

राष्ट्रपति ट्रम्पले आगामी फेब्रुअरी १५ भित्र मेक्सिको सीमामा पर्खाल निर्माणका लागि कङ्ग्रेसले बजेट पारित गर्न अनुरोध गरे । उनले भने, समय नजिकिँदै छ, फेरि पनि बजेट अभावमा संघीय कार्यालयहरु बन्द हुन सक्नेप्रति डेमोक्र्याट्सहरुले ध्यान दिनु आवश्यक छ । तर डेमोक्र्याट पार्टी राष्ट्रपति ट्रम्पको प्रस्तावमा अझै सहमत भएको छैन ।

मेक्सिको पर्खालको महत्वका बारेमा लामो व्याख्यान दिएका राष्ट्रपति ट्रम्पले भने, ‘यो पर्खाल त बनाएरै छाड्छु ।’

यसैगरी राष्ट्रपति ट्रम्पले अमेरिकी विदेश नीतिका बारेमा पनि लामै चर्चा गरेका थिए । । उनले भियतनाममा उत्तर कोरियाली नेता कीम जोङ–अनसँग फेब्रुअरी २७–२८ मा दोस्रो भेटवार्ता गरिने घोषणा गरे ।

राष्ट्रपति ट्रम्पले भने, ‘यदि म अमेरिकाको राष्ट्रपतिमा निर्वाचित नभएको भए मेरो विचारमा अहिले उत्तर कोरियासँग ठूलै युद्ध भइरहेको हुन्थ्यो ।’

भेनेजुएलामा जारी राजनीतिक घटनाक्रमप्रति निन्दा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘अमेरिका कहिल्यै पनि समाजवादी मुलुक हुने छैन ।’ राष्ट्रपतिको उक्त भनाई वरिष्ट डेमोक्र्याट नेता बर्नी स्यान्डर्सप्रति पनि लक्षित थियो ।

राष्ट्रपतिको सम्बोधनका क्रममा सदनमा वरिष्ट डेमोक्र्याट र रिपब्लीकन नेताहरुको उपस्थिति थियो । डेमोक्र्याट नेतृ स्टासी अब्राम्सले राष्ट्रपतिको सम्बोधनका विषयमा पार्टीका तर्फबाट प्रतिक्रिया दिएका थिए । एटलान्टाबाट बोल्दै अब्राम्सले राष्ट्रपति ट्रम्पले संघीय कार्यालयहरु आंशिक बन्द भएको घटनालाई राजनीतिक प्रचार–साधन (स्टन्ट) बनाएको आरोप लगाए ।रासस/एपी