२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक लाख ३७ हजार लिटर घरेलु मदिरा नष्ट

अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौँ उपत्यकाबाट एक लाख ३७ हजार ६२० लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

चालू आर्थिक वर्षको अहिलेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट बजार लैजानका लागि तयार पारिएको उक्त परिणामको घरेलु मदिरा नष्ट गरेको हो । कार्यालयले काठमाडौँबाट एक लाख २६ हजार लिटर, ललितपुरबाट सात हजार ३६० र भक्तपुरबाट चार हजार २६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले समाजमा हुने धेरै घटना घरेलु मदिराका कारण भएको भन्दै कार्यालयले घरेलु मदिरा नियन्त्रणका लागि विशेष अभियान चलाएको जानकारी दिए ।

‘समाजमा हुने हत्या, हिंसा, बलात्कार, झैँझगडा मदिराका कारण हुने गरेको हो’, उनले भने । मदिरा सेवनका कारण अपराधका घटना बढेको भन्दै प्रहरीले घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणमा रोक लगाउँदै आएको छ ।

कार्यालयले घरेलु मदिरा बनाउनका लागि प्रयोग हुने एक लाख २१ हजार ५७५ केजी कच्चा पदार्थसमेत नष्ट गरेको छ । नष्ट गरिएका सामग्रीमा काठमाडौँबाट एक लाख १८ हजार २५५ र ललितपुरबाट तीन हजार ३२० रहेका छन् ।