२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवाद र साम्यवादको यात्रा लामो हुन्छ : अध्यक्ष दाहाल

अ+ अ-

चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले समाजवाद र साम्यवादको लामो यात्रामा रहेको बताएका छन् । भुवानीप्रसाद पौडेलको छैटौँ दिनको श्रद्धाञ्जलि सभामा उनले युगौँयुग लामो यात्रामा रहेकाहरु कदम कदम गरेर अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘अबको राज्य समाजवाद उन्मुख राज्य हो । हाम्रो बाटो समाजवादको हो भन्ने संविधानमा नै व्यवस्था छ ।’उनले कम्युनिष्ट बाहेक अरूले बनाएका संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारलाई मौलिक अधिकारका रुपमा नराख्ने भन्दै आफूहरुले लोकतन्त्रवादीसँग मिलेर बनाएको संविधानमा ती कुरा समावेश गरिएको बताए ।

आर्थिक अवस्था कमजोर भएर पढ्न नपाउनेलाई पढाउने, बेरोजगारीलाई रोजगारी दिने र उपचार नपाउनेलाई उपचार दिने काम राज्यको भएको उनले बताए । पुरानो संस्कारलाई वैज्ञानिक, वस्तुवादी र प्रगतिशील दृष्टिकोणले विस्थापित गर्दै जानुपर्ने दाहालको भनाइ थियो । उनले स्व पौडेलले पार्टीलाई पुर्‍याएको योगदानको चर्चा गरे ।

दाहालले भने, ‘आफ्नो राजनीतिक यात्रामा माडीमा बस्ने घर पौडेलको रहेको थियो ।’ उनले विसं २०३६ को आन्दोलनपछिका समयमा पौडेलले पार्टी पङ्क्तिमा रहेर खेलेको भूमिका सराहनीय रहेको बताए ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाल, नेत्रप्रसाद पाठक, प्रेम रिमाल, स्व. पौडेलका जेठा छोरा सन्देश पौडेल लगायतले स्व पौडेलका बारेमा बोलेका थिए । विसं २००५ मङ्सिर २७ गते स्याङ्जामा जन्मेका पौडेलको यही माघ १९ गते मृत्यु भएको थियो । पौडेल जिल्लाका अग्रणी कम्युनिष्ट नेता थिए ।